Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यसरी चुनावी तयारीमा जुट्दैछ वाइसिएल : माओवादीले नहार्ने उद्घोष

\"\"काठमाडौं, १५ फागुन । कुनैबेला चर्चाको शिखरमा रहेको माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपाल चुपचाप चुनावी तयारीमा जुटेको छ । दोस्रो संविधानसभामा पार्टीको अनपेक्षित पराजय हुनुमा वाइसिएलको भुमिका कमजोर भएको ठहर सहित अहिले वाइसिएल नेपाल आन्तरिक रुपमा चुनावको तायरीमा जुटिसकेको छ । वाइसिएलका राष्ट्रिय सम्मेलन संयोजन समितिका अध्यक्ष नेप बहादुर कुवँरका अनुसार पछिल्ला १ महिनाका बिचमा झण्डै ७५ वटै जिल्लाका बैठक तथा आधाभन्दा बढी गाँउ पालिकाका भेला तथा सम्मेलनहरु सम्पन्न गरिसकेको छ । सबै स्तरका भेला तथा सम्मेलनहरुले आआफ्नो क्षेत्रमा स्थानिय निकायको चुनावी परिचालन टोलीहरुसमेत निर्माण गरिसकेको कुवँरले खबरडबलीसँग बताए । \"\"आन्तरिक तयारीमा तिब्ररुपमा लागेपनि बाह्य हिसाबले मौनजस्तै देखिएको वाईसिएल स्थानिय निकायको चुनावअघि नै ७५ वटै जिल्ला, ७ वटा प्रदेश र केन्द्रमा बैशाख ९ गते सम्मेलनका लागी जुटिरहेको छ । कुवँर भन्छन्, –‘यसलाई चुनावी अभियान नै भनेपनि हुन्छ । तलदेखि माथिसम्मका सम्मेलनहरुमा हजारौं युवा पपिरचालन भएको छ । यसलाई चुनावी अभियानका रुपमा जोडेर हामी हाम्रा काम गरिरहेका छौं ।’ \"\"कुवँरका अनुसार संगठनको नीति सबै बेलामा उस्तै हुँदैन । अहिले संगठनले आन्तरिक तयारीका कामहरुलाई तिब्र र घनिभुत रुपमा लगिरहेको छ । उनले अथ्र्याए, ‘यो आँधिअघिको सन्नाटा जस्तै हो, हेर्दै जानुहोला वाइसिएलले पार्टीलाई चुनाव हार्न दिदैँन ।’ उनका अनुसार अहिले पनि अखिल क्रान्तिकारीलाई स्ववियु चुनावमा वाइसिएलले पछाडीबाट सहयोग गरिरहेको छ । स्ववियु चुनावमा क्रान्तिकारीलाई जिताउनु वाइसिएलको तात्कालिन लक्ष्य भएको समेत उनले बताए । कुवँर भन्छन्,–‘हामी प्रत्येक क्याम्पसमा परिचालित भईरहेका छौं । तर हाम्रो तरिकाले । हाम्रा कतिपय साथिहरु विद्यार्थी नै छन् ।’ स्थानिय निकायको चुनावमा राष्ट्रवादको बर्को ओडेर जनतालाई भ्रम छरिरहेको पार्टीलाई देखाईदिने समेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies