Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा कांग्रेस र एमाले नेताको भीड

\"\"काठमाडौं, १४ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह वीरगन्ज आउँदा उनका समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ– महाशिवरात्रिमा वीरगन्जमा रहेका मन्दिरमा पूजापाठ गर्न शुक्रबार अपरान्ह वीरगन्ज आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी उनका समर्थकले राजनीतिक दलका नेताविरुद्ध नाराबाजी गरेका हुन्। वीरगन्जको घण्टाघर चोकदेखि अलखीयामठ चोकसम्मको मुख्य सडकको दुवै तिर लाम लागेर पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बसेकाले नेता चोर देश छोड, नेता सबै विदेशी दलाल हुन्, राजा ल्याऊ देश बचाऊ, राजा जनता एक हौँ, राजा कस्को जनताको, हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा रानी जिन्दावाद, जस्ता नारा लगाए। पूर्व ज्ञानेन्द्रको स्वागतमा सडकमा नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी दलका जिल्ला स्तरका नेता र दलका कार्यकर्ता पनि हातमा पुष्पगुच्छा लिएर उपस्थित थिए। पूर्वराजाको स्वागतमा देखिएका केही नेताले पुर्वराजा ज्ञानेन्द्रको खुट्टामा पनि ढोगेका थिए। स्वगातमा बसेका समर्थकलाई पुर्वराजा ज्ञानेन्द्रले चोक चोकमा रोकिएर हात हल्लाउदै अभिवादन पनि गरेका छन्। बाराको सिमराबाट बा ४ च ३८०७ नम्बरको गाडीमा सवार भइ शुक्रबार अपरान्ह साढे चार बजे वीरगन्जको अलखीया मठ मन्दिरमा आइपुगेका पूर्वराजा ज्ञानेन्द्रले करिब २० मिनेट पूजापाठ गरे । त्यसपछि उनी मुख्य सडकमा पैदल यात्रा गर्दै माइस्थान चोकमा रहेको गहवामाई मन्दिरमा पुगेका थिए। गहवामाई मन्दिरमा पनि करिब १५ मिनेट पूजापाठ गरेपछि त्यहाबाट आफै गाडी हाँकेर फेरि सिमरा फर्किएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: