Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यसकारण विदेश गएका रहेछन् लोकमान

\"\"काठमाडौं, ११ फागुन । अख्तियार प्रमुख रहँदा सयौं \'ठूला\'हरुको निदहराम गराएका लोकमानसिंह कार्की पदबाट हटेलगत्तै लुसुक्क विदेशतिर किन लागे होलान् ? धेरैलालई लाग्न सक्छ, उनीमाथि जे जस्तो अभियोग लगाइयो त्यसबाट केही लाज भएर हिँडेका हुन् । जनआस्था साप्ताहिकमा खबर छ– कसैलाई यो पनि लाग्न सक्छ कि अब जीवनको उत्तराद्र्ध धर्मकर्ममा लागेर बिताउने निर्णय गरेका हुन सक्छन् तर, यथार्थ भने अर्कै रहेछ । उनी नेपाल बस्दा सुरक्षा सुविधा मागेको तर नपाएको स्थिति रहेछ । प्राप्त सूचनाअनुसार सर्वोच्चले पदपुक्त गर्न आदेश दिएलगत्तै उनले क्यबिनेटले पहिल्यै गरेको एउटा निर्णय कार्यान्वयनको माग राखेका थिए । सरकारसमक्ष प्रस्तुत सो मागसम्बन्धमा गृहले पनि क्याबिनेटसमक्ष चलाखीपूर्ण सिफारिस ग¥यो, प्रचलित कानुनबमोजिम हुने गरी । कानुनमा संवैधानिक अंगका प्रमुखलार्य पदमुक्त भएपछि के के सुरक्षा दिने स्पष्ट व्यवस्था छैन । लोकमानले मात्र त्यस्तो सुविधा प्राप्त गर्न सम्भव पनि भएन । त्यसोभयो उनले त्यस्ते सुविधान कुन आधारमा माग गरे । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला ०७१ चैत तेस्रो साता क्याबिनेट बैठकले ‘अख्तियार दुरुपयोग अनुसान्धान आयोगका प्रमुख आयुक्तालाई पदमा रहँदा नेपाल प्रहरीबाट अगुवा–पछुवासहितको पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने र अवकाश जीवनमा समेत पछुवासहितको सुरक्षा प्रवन्ध र एक सवारी चालक, इन्धनसहितको सवारी साधन उपलब्ध गराउने’ निर्णय गरेको रहेछ । सोही निर्णय कार्यान्वयनको माग राख्दै लोकमानले पदमुक्त हुनासाथ सरकारलाई चिठी लेखेका हुन । तर, ऐन विपरीत हुने गरी लोकमानको पदको प्रभावमा तत्कालिन क्यबिनेटबाट गराएको निर्णय हालको सरकारले उल्टाइदियो । त्यसो भएपछि लोकमान सर्वसाधारणको हैसियतमा मात्र रहने भए । विशिष्टले पाउने सुरक्षा नमिल्ने पक्का भयो । अनिु उनले तत्काल विदेशिनुमै आफ्नो सुरक्षा देखे । नेपाल सरकारको सुरक्षा निर्देशिकामा भूतपूर्व उपप्रधानमन्त्रीसम्मलाई सादा पोशाकमा सामान्य सुरक्षा दिन सकिने व्यवस्था छ । भूपू गृहमन्त्रीले पनि यस्तो सुविधा लिने गरेका छन् । तर, कानुनतः त्यो दिन पनि सरकार बाध्य छैन । अब लोकमानले यदि मलाई खतरा छ भनेर मागे भने केन्द्रीय सुरक्षा समितिले थ्रेट एनालाइसिस (चुनौती विश्लेषण) गरेर आवश्यक ठानेमा सुरक्षा उपलब्ध गराउन सक्छ । नत्र मेरो अधिकार हो भन्दै उनले सुरक्षा दाबी गर्न पाउँदैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: