Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

उदयुर सिमेन्टमा चाैबीसै घन्टा बिजुली : २५ वर्षपछि नाफामा

\"\"काठमाडौं, ११ फागुन । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ। यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– १० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ महिनादेखि २४ सै घन्टा बिजुली पाएका कारण हाल दैनिक ६ सयदेखि ७ सय टन सिमेन्ट उत्पादन गरिरहेको छ। यसअनुसार दैनिक १४ हजार ५० बोरा सिमेन्ट उत्पादन हुन्छ। ‘हामीले डेढ महिनादेखि लगातार बिजुली पाइरहेका छौं, एक दिन पनि उद्योग बन्द भएको छैन’, कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले अन्नपूर्णसित भने, ‘यो अवधिमा दैनिक १० देखि १५ लाख रुपैयाँ आम्दानी भएको छ।’ महाप्रबन्धक पौडेलका अनुसार बिजुली नपाएकै कारण कारखानाले विगतमा मासिक डेढ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको थियो। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित बिजुली आपूर्ति गरेपछि उद्योगको उत्पादकत्व एक सय ५८ दशमलव ८ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक पौडेलले जानकारी दिए। ‘दिनको चार, पाँच पटक बत्ती झ्याप–झ्याप जान्थ्यो,’ पौडेलले भने, ‘अहिले २४ घन्टा आपूर्ति छ, उत्पादन रोकिएको छैन।’ वर्षभरि नियमित विद्युत् आपूर्ति भए यही आर्थिक वर्षमा कारखाना नाफामा जाने पौडेलले बताए। तीन अर्ब रुपैयाँभन्दा बढी सञ्चित नोक्सानी रहेको कारखानाले हरेक वर्ष ३० करोड रुपैयाँ घाटा व्यहोर्दै आएको थियो। सरकारको दुई अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको कारखानाले सरकारलाई १५ वर्षदेखि एक रुपैयाँ पनि ब्याज तिर्न सकेको छैन । ‘अबको एक वर्ष लगातार उत्पादन भएमा सरकारको ब्याज तिर्न सक्षम हुनेछौं,’ उनले भने। कारखानाले दैनिक ९ सय टन उत्पादन गर्ने गरी थप मर्मत सम्भारका लागि टेन्डर प्रक्रिया अघि बढाइसकेको छ। माघमा २ लाख बोरा सिमेन्ट (१० हजार दुई सय ५० टन) उत्पादन गर्ने लक्ष्य लिएकामा तीन लाख २५ हजार बोरा उत्पादन गर्न सफल भएको कारखानाले जनाएको छ। अघिल्लो वर्ष यसै अवधिमा एक लाख ५० हजार बोरा मात्र उत्पादन गरेको पौडेलले जानकारी दिए। बिजुली पाएका कारण कारखानाले क्लिंकर उत्पादनका लागि प्रयोग हुने कोइलाबापत करिब ८० लाख रुपैयाँ मासिक रूपमा बचाएको छ। बिजुली पाएपछि एक घन्टामा करिब एक टन कोइला बचेको हो। दैनिक ६ मेगावाट बिजुली खपत गर्ने कारखानाले साँझपख साढे दुई मेगावाट मात्र बिजुली खपत गर्दै आएको छ। प्राधिकरणले अन्य उद्योगलाई दैनिक सात घन्टासम्म लोडसेडिङ गर्दै आएको छ। उत्पादन नै न्यून हुने हुँदा कारखानाले बजार विस्तार गर्न पाएको थिएन। पूर्वाञ्चल क्षेत्रमा बढी केन्द्रित बजारलाई कारखानाले काठमाडौंलगायत पश्चिम क्षेत्रमा विस्तार गर्न लागेको महाप्रबन्धक पौडेलले जानकारी दिए। उनका अनुसार अन्य नेपाली सिमेन्टभन्दा चुनढुंगा राम्रो भएकाले उदयपुरलाई उत्कृष्ट मानिन्छ। माग बढी भएको तर आपूर्ति गर्न नभ्याएका कारण बजारमा यो सिमेन्ट सहज उपलब्ध छैन। निजीकरण ऐन जारी भएयता विगतका सरकारले यो कारखाना घाटामा गएको देखाएर निजी क्षेत्रलाई लिजमा दिई व्यापारीबाट कमिसन खाने चेष्टा गर्दै आएका थिए। यो उद्योगको सबैभन्दा आकर्षक पक्ष सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुंगा हो। करिब पाँच सय वर्षलाई पुग्ने चुनढुंगा पाइने क्षेत्र कारखानाको अधीनमा छ। यही चुनढुंगालाई ताक्दै निजीकरण गर्ने प्रयास हुँदै आएको हो।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: