Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

सुन पसलेहरु धमाधम बेपत्ता

काठमाडौं, १० फागुन । तीन साताअघि विशाल बजारस्थित सालिमार ज्वेलर्समा चोरी भयो । गहना किन्न आएकी एक महिलाले गहना चोरेकी थिइन् । सिसिटिभीबाट चोरी गर्ने महिलाको पहिचान भयो । भोलिपल्ट फेरि उनी त्यसैगरी चोरी गर्न जाँदा पक्राउ परेकी थिइन् । दृष्टि साप्ताहिकमा खबर छ– सालिमार ज्वेलर्सका सञ्चालकले भोलिपल्ट प्रहरीलाई खबर गरेर ती महिलालाई पक्राउ गराएका थिए । उनी विरुद्ध चोरीमा कारबाही गर्न प्रहरीले जाहेरी माग्यो । तर, पसलका सञ्चालक भेटिएनन् । तिमीहरुको सञ्चालक को हो ? भन्दै डिएसपी सन्तोष आचार्यले पटक पटक सुन पसलका कर्मचारीसँग सोध्दा उनीहरुले विदेशमा रहेको र मालिक तत्काल आउन नसक्ने बताए । जाहेरीबिना नै चोरी मुद्दामा अनुसन्धान गर्न गाह्रो भयो । तर, जाहेरी दिन सञ्चालक नै उपस्थित नभएपछि प्रहरी समस्यामा प¥यो । पछि बुझ्दा उक्त सुन पसलका सञ्चालक रामशिन गोयल फरार अभियुक्त भएको खुल्यो । साढे ३३ किलो सुन तस्करीको घटनामा सो पसल सञ्चालक समेत संलग्न थिए । प्रहरीले भरिया मात्र नभई मुख्य तस्करलाई नै पक्राउ गर्न थालेपछि उनी भागेका हुन् । उनीमात्र नभई राजधानीका दर्जनौ सुन पसलका सञ्चालकहरु यतिबेला फरार छन् । आर के ज्वेलर्सका संचालक राजेन्द्र शाक्य तथा वैरभलक्ष्मी सुन पसलाका प्रमोद श्रेष्ठलगातय व्यापारी भागेका छन् । त्यस्तै रिद्धिसिद्धी लगायतका पसलका संचालकहरुमाथि सिआईबीले छानबिन अघि बढाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: