Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

गुन्डाका कारण प्रहरीमा कलह

[caption id=\"attachment_106672\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल तस्विर[/caption] काठमाडौं, १० फागुन । दुई गुन्डाका कारण प्रहरीमा कलह मच्चिएको छ भने एक डिएसपी प्रतिशोधस्वरुप कारबाहीमा परेका छन् । दृष्टि साप्ताहिकमा खबर छ– काभ्रेली समूहका अराजक दुन्डा दावा लामा र राजधानीमा रात्री व्यवसायबाट रातारात करोडपति बनेका राम गिरीका कारण काठमाडौं प्रहरीबीच कलह मच्चिएको हो । काठमाडौं प्रहरी इन्चार्ज एसएसपी छविलाल जोशी लामाको पक्षमा र अन्य प्रहरी अधिकृत गिरीको पक्षमा लागेपछि गुन्डाकै कारण प्रहरीभित्र विवाद बढेको हो । गिरीमाथि आत्रमण गरेको अभियोगमा लामा हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । गत माघ २८ गते बेलुका दरबारमार्गको बेभाजु नामक डिस्कोमा लामाको समूहले गिरी र उनका बाउन्सरलाई कुटेका थिए । डिस्कोमा नि:शुल्क शेयर माग्दै उनीहरुले गिरीमाथि कुटपिट गरेको स्रोत बताउँछ । गिरी बेजाभुका संचालक हुन् । जहाँ २० करोडभन्दा धेरै लगानी गरिएको छ । क्रिकेटर पृथु बाँस्कोटादेखि केही बहालवाला प्रहरीलाई समेत पार्टनर बनाएर गिरीले उक्त डिस्को खोलेका हुन् । शुक्रबार राति आक्रमणकै योजनासहित काभ्रेली समूह त्यहाँ पुगेको थियो । सिक्किमबाट काठमाडौं आएको केही दिनमै लामाले उक्त बितण्डा मच्चाएका हुन् । गिरीले तत्कालै प्रहरीलाई बोलाएर लामालाई पक्राउ गराए । भोलिपल्ट शनिबार थियो । त्यही दिन लामालाई छुटाउन ठूलै चलखेल भयो । काभ्रेका ठेकेदारदेखि कांग्रेस नेतासम्मले गृहमन्त्रीमार्फत एसएसपी छविलाल जोशीलाई दबाब र प्रलोभन दिए । प्रलोभन र दबाब दुबै आएपछि जोशी उनलाई छाड्ने निर्णयमा पुगिसकेका थिए । तर, गिरीले पनि त्यो कुरा चाल पाएर मुद्दा चलाउन दबाब दिए । धेरै प्रहरी अधिकारीसँग उनको राम्रो हिमचिम थियो । त्यसपछि आइतबार सार्वजनिक अपराध मुद्दामा म्याद थप भयो । त्यसपछि काभ्रेली समूहले नयाँ तरिका अपनायो । गिरीलार्इ पनि मुद्दामा फसाउने । गिरी पनि विभिन्न लफडामा जोडिएका व्यक्ति हुन् । २ वर्षअघि ठमेलका घरबेटीलाई नै आक्रमण गरेको घटनामा दरबारमार्गमै उनी थुनिएका थिए । हतियार केसमा पनि उनको नाम जोडिएको छ । तिनै केसहरुको आधारमा उनलाई पनि पक्राउ गर्न लगाउने योजना बन्यो । सोहीअनुसार एसएसपी जोशीले गिरीलाई पक्राउ गर्न दरबारमार्ग वृत्तका डिएसपी कृष्णबहादुर पल्ली मगरलाई निर्देशन दिए । जो पीडित छ उसैलार्य पक्राउ गर्न डिएसपी मगरले चासो दिएनन् । त्यहीबीचमा गिरी पनि अस्पतालबाटै भूमिगत भए । सोही रिसमा एसएसपी जोशीले डिएसपी मगरलार्इ कारबाही स्वरुप सचेत गराएका छन् । दावालाई सहयोग नगरेको र गिरीको पक्ष लिएकोमा त्यसरी प्रतिशोधस्वरुप डिएसपीलाई सचेत गराइएको परिसरका एक अधिकारी बताउँछन् । स्रोतका अनुसार उक्त विषयमा परिसरभित्रै पनि विवाद छ । एसएसपीले खुंखार गुन्डाको पक्ष लिएपछि परिसरका अन्य अधिकृतहरु उनको कार्यशैलीबाट रुष्ट भएका छन् । पैसा कमाउनका लागि आफ्ना अधिकृतभन्दा दलालहरुको सल्लाहमा उनले काम गर्न थालेको आरोप लाग्न थालेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: