Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

तेल चोर्न कडाइ गरिएपछि ट्यांकर चालकको हडताल

\"\"काठमाडौं, ९ फागुन । ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदिने हडतालले तीन दिनदेखि इन्धन वितरण प्रभावित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– ट्यांकर चालकले आयल निगमको ढुवानी विनियमालीमा भएको संशोधनलाई लिएर शुक्रबार इन्धन लोड–अनलोड र ढुवानी ठप्प पारेका थिए । सोही कारण शुक्रबार, शनिबार र आइतबार पम्पमा लामो लाइन लागेको छ । ट्यांकर चालकले विभिन्न १५ बुँदे माग निगमसमक्ष राखेका छन् । तेल चोर्न कडाइ गरिएपछि हडताल आयल निगमले ढुवानी विनियमावली संशोधन गर्दै एउटा ट्यांकरबाट २ सय लिटरभन्दा बढी तेल कम देखिए चालकले प्रचलित मूल्यको दोब्बर बढी रकम जरिवानाबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । निगमले बीचबाटोमा हुने तेल चोरी नियन्त्रण गर्न विनियमावली कडा बनाएको हो । तर, चालकले यसको विरोध गरेका छन् । उनीहरूले प्राविधिक नोक्सानी हुने भएकाले तोकिएको लक्ष्यभन्दा कम भए परिमाणबराबरको रकम प्रचलित मूल्यअनुसार मात्रै भुक्तानी गर्न सक्ने जनाएका छन् । त्यस्तै निगमले आवश्यकताका आधारमा ट्यांकर थप गर्दा एउटा व्यावसायीले कम्तीमा ५ वटा ट्यांकर चलाउनुपर्ने मापदण्ड बनाएको छ । चालकले यो मापदण्डको पनि विरोध गरेका छन् । अहिले व्यक्तिपिच्छे ट्यांकर चालक हुने र सबैजसो चाकलले आफ्नै ट्यांकरबाट ढुवानी गरिरहेका छन् । धेरै ढुवानी व्यवसायी हुँदा बारम्बार समस्या झेलेको निगमले थोरै व्यवसायीसँग धेरै ट्यांकर भाडामा लिएर सञ्चालन गर्न खोजेको हो । ट्यांकर साहुसमेत रहेका चालकले एउटा व्यक्तिले एउटा ट्यांकर पनि भाडामा चलाउन पाउनुपर्ने माग गरेका हुन् । उनीहरूले माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले शुक्रबार एक दिन ढुवानी ठप्प पारेपछि निगमले सोमबार चालकलाई बोलाएर छलफल गर्दै छ । भण्डारणमा समस्या छैन आयल निगमका वितरण विभाग प्रमुख सीताराम पोख्रेलका अनुसार उपत्यकालगायत मुलुकभर वितरण गर्न इन्धन भण्डारणमा कुनै समस्या छैन । ‘आइतबार माग धेरै हुने आँकलन भइसकेको थियो, त्यसैले अन्य समयको भन्दा दोब्बर वितरण गरिएको छ,’ उनले भने । आइतबार उपत्यकामा पेट्रोल ८ लाख लिटर र डिजल ७ लाख ५० हजार लिटर वितरण गरिएको उनले बताए । शनिबार सरकारी पम्पलाई २ लाख लिटर पेट्रोल बाँडिएको थियो । सोमबार मागअनुसार वितरण गर्न तयार भएर बसेको उनले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE