Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कान्ति लोकपथ : ६० वर्षमा १५% काम

\"\"काठमाडौं, ७ फागुन ।राजधानीसँग तराई जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ निर्माणको काम निकै सुस्त भएको छ । ६० वर्षअघि नै ट्र्याक खुलिसकेको सडकको काम अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र सकिएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– कान्ति लोकपथ आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहले सडक बन्न लागेको ६ दशक बिते पनि प्रगति न्यून भएको स्वीकार गरे । साहले भने, ‘कान्ति लोकपथ निर्माण ०१३ देखि सुरु भएको देखिन्छ । त्यसवेला नेपाली सेनाले ट्र्याक खोले पनि निर्माण कार्यले गति लिन सकेन । अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र काम हुन सकेको छ ।’ नेपाली सेनाले लोकपथको ट्र्याक खोलेको थियो । यो सडक आठ वर्षयता कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयले निर्माण गर्दै आएका थिए । ‘कान्ति लोकपथलाई नै फास्ट ट्रयाकमा विकास गर्न सकिन्छ’ सरकारको प्राथमिकतामा परेमा कान्ति लोकपथलाई नै ‘फास्ट ट्र्याक’का रूपमा विकास गर्न सकिने लोकपथ सडक आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहको भनाइ छ । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढमा जोड्न आवश्यक हुने उनले बताए । यसो गरिएमा ललितपुरको सातदोबाटोबाट निजगढको दूरी ८० किमि मात्रै हुन आउँछ । जबकि फास्ट ट्र्याक भनिएको काठमाडौं–निजगढको दूरी ७६ किमि छ । कान्ति लोकपथ निर्माण भए तराईबाट काठमाडौं प्रवेश गर्ने एक सय ३२ किमि दूरी छोटिने आयोजनाले जनाएको छ । अहिले तराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा हो । यसको दूरी दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भएमा हेटौँडाबाट ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवै बचत हुन्छ । ९० किमि सडक, दुई घन्टामै काठमाडौं–हेटौँडा आयोजनाका अनुसार लोकपथको दूरी ९० किमि छ । यसको चौडाइ सुरुमा ५.५ मिटर गर्ने भनिए पनि पछि ८.५ मिटर निर्धारण गरिएको छ । ललितपुरको सातदोबाटोबाट सुरु भएर सडक मकवानपुरको हेटौँडास्थित बुद्ध चोकमा पुगेर टुंगिन्छ । लोकपथको ५१ किमि भाग मकवानपुर र ३९ किमि ललितपुर जिल्लामा पर्छ । सडक निर्माण पूरा भए दुई घन्टामै राजधानीबाट हेटौँडा पुगिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार लोकपथ मकवानपुरको चौघडा–चुनडाँडा–मकवानपुरगढी–जितपुर–ठिंगन–बागमती हुँदै ललितपुरको बगुवा–कल्चेभीर–छपेली–झाँक्रीडाँडा–तिनपाने भञ्ज्याङ–टीकाभैरव–चापागाउँ हुँदै सातदोबाटो जोडिनेछ । ०६५ सम्म लोकपथ निर्माण करिब–करिब ठप्पै रहेको आयोजनाले जनाएको छ । लोकपथलाई सडक डिभिजनबाट झिकेर छुट्टै आयोजनाअन्तर्गत राखिएपछि निर्माण कार्यले केही गति लिएको छ । निर्माणमा ढिलाइका तीन कारण १. सरकारको बेवास्ता ०१३ मा लोकपथ निर्माणको अवधारणा आएसँगै ०१६ मा नेपाली सेनाले लोकपथको ट्र्याक खोलेको थियो । तर, त्यसपछि सरकारको प्राथमिकतामा परेन । ०५९ मा मात्र हेटौँडा जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्ने बहस सुरु भयो । कोरियन सरकारको सहयोगमा डिपिआर बन्यो, तर थन्कियो । ०६५ मा पुनः निर्माणको बहस भयो । ५.५ मिटरबाट ८.५ मिटर चौडा सडक बनाउने निर्णय भयो । बजेट भने विनियोजन भएन । आव ०७१-७२ मा १० करोड र ०७२-७३ मा ३९ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, आशातीत काम भएन । आव ०७३-७४ मा ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक सडक निर्माणका लागि ठेक्का सम्झौतासम्म भएको छ । २. काठमाडौं–निजगढ फास्ट ट्र्याक काठमाडाैँ–निजगढ (७६ किमि) जोड्ने दु्रतमार्ग निर्माणको अवधारणाले कान्ति लोकपथ ओझेलमा पर्‍यो । ५९ मिनेटमै तराई पुग्न सकिने भन्दै २३ कात्तिक ०६६ मा नेपाली सेनाले दु्रतमार्गको ट्रयाक खन्न सुरु गरेको थियो । अहिले न फास्ट ट्रयाक निर्माण हुन सकेको छ, न कान्ति लोकपथ निर्माणले गति लिएको छ । ३. काठमाडौं–कुलेखानी सुरुङमार्ग काठमाडाैँ–कुलेखानी (५८ किमि) सुरुङमार्ग निर्माण अवधारणाले पनि लोकपथ ओझेलमा पर्‍यो । ४० मिनेटमै काठमाडौंबाट हेटौँडा पुग्न सकिने भन्दै सुरुङमार्ग निर्माण गर्ने भनियो । निजी क्षेत्रबाट नेपाल पूर्वाधार कम्पनीसमेत खडा भयो । डिपिआरसमेत बन्यो । तर, चार वर्षसम्म पनि कम्पनीले लगानी जुटाउन सकेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: