पर्वतका युवराज भुषाललाई अली मियाँ लोकवाङ्मय पुरस्कार
फाल्गुन ६ गते, २०७३ शुक्रवार 17th February, 2017 Fri१०:२२:४४ मा प्रकाशित
[caption id=\"attachment_118035\" align=\"alignleft\" width=\"300\"] युवराज भुषाल[/caption]
पर्वत, ६ फागुन । नेपाली मौलिक लोकसंगीतका क्षेत्रमा क्रियाशिल युवराज भुषाललाई यस वर्षको लोककवि अली मियाँ पुरस्कार द्वारा सम्मान गरिएको छ ।
भुषाल पर्वत जिल्लाको वहाकीठाँटी वडा नं ६ लिम्सिङमा जन्मिएका थिए । प्रत्येक वर्ष फागुन १५ गतेका दिन लोककवि अली मियाँको जन्म जयन्तीका अवसरमा नवप्रतिभाहरूलाई प्रोत्साहन स्वरूप प्रदान गरिने उक्त पुरस्कारको राशी बीस हजार र सम्मानपत्र रहेको छ ।
लोकसँस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवासको संयोजकत्वमा गठीत स्वतन्त्र पत्रकार सघंका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला र वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुली सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसमा भुषाललाई उनको जन्म जिल्ला पर्वतको कुष्मामा नै विशेष कार्यक्रम गरी पुरस्कृत गर्न लागिएको हो ।
युवा लोकगायक भुषालले २०६५ सालमा “तिर्खा पानीको” नामक एल्बमबाट औपचारिक गायन यात्रा प्रारम्भ गरेका हुन् ।
त्यसैगरी उनका दिलमा लेखेसी, भजन समर्पण, मनको धोको, हासम बोलम, नरोईनरोई बस मेरी सानु, नरोऊ नरोऊ आमा, नभेटी मर्दिन, आँधीखोला तरँ (खेली), सरर आयो पर्वतमा मोटर, यतै पढौली (नौमती बाजा), के पीर प¥यो बहिनी (खेली), कहिले आउँछेउ मलाई हसाउँन लगायतका एल्बमहरू निकालेका छन् भने उनको आफ्नै म्युजिक कम्पनी दुर्गादेवी व्रिmयशन प्रालि समेत रहेको छ ।
नेपाली लोक तथा दोहोरी गीतहरूमा धेरै थरी विकृतिहरू भित्रिन लागेको वर्तमान अवस्थामा पनि ग्रामीण क्षेत्रका पुराना भाका तथा शब्दहरूलाई टपक्क टिपेर गीतमार्पmत् अभिव्यक्ति दिने गरेका भुषाल नेपाली मौलिक लोक संस्कृति क्षेत्रमा राम्रो सम्भावना बोकेका युवा व्यक्तित्व भएका कारणले प्रस्तावित धेरै नामहरूमध्ये मूल्याङ्कनका आधारमा उनलाई पुरस्कृत गर्न लागिएको छनौट समितिका संयोजक अनुसन्धानकर्ता तुलसी प्रवासले बताएका छन् ।
लोककवि अली मियाँको सम्झना र सम्मानमा स्थापना भएको अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, पर्वतको व्यवस्थापनमा लोककवि अली मियाँको ९९ आँ जन्म जयन्तीको अवसरमा यही फागुन १५ गते उक्त कार्यव्रmम पर्वत जिल्लाको सदरमुकाम कुश्मामा गरिने भएको हो ।
यस अघि उक्त पुरस्कारद्वारा लोक गायक गायिकाहरू पदमराज ढकाल, सोम बज्राचार्य, धनबहादुर गायक, उत्तम गुरुङ, सकुन्तला ज्ञावली, ऋतु लामा, र भिष्म बास्तोला सम्मानित भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: