Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

शिक्षण पेसासँगै बाख्रापालन

\"\"महोत्तरी, ५ फागुन । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४ का ३६ वर्षीय विनोदकुमार यादव पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादव गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फाराम सञ्चालन गरेका छन् । स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा आठ लाखको लागतमा सो बाख्रापालन फाराम सञ्चालनमा ल्याएका हुन् । तीन लाखमा २५ वटा उन्नत जातका बाख्रा खरिद गरी फाराम सञ्चालन गरेको उनले बताए । दुई वर्षको अवधिमा ३० वटा खसी बिक्री गरी रु तीन लाख आम्दानी गर्न सफल भएको उनको भनाई छ । हाल उनको फाराममा ८० वटा खसीबाख्रा रहेका छन् । उनले गौशालास्थित नेपाल बैंक लिमिटेडबाट रु सात लाख ऋण कृषि कर्जामार्फत लिएका छन् । विश्व खाद्य दिवसका अवसरमा मुलुकभरमै तेस्रो स्थान हासिल गरेर कृषिमन्त्रीबाट पुरस्कार ग्रहण गरेका थिए । “व्यावसायिक रुपमा पेसामा जुटेको दुई वर्षमै सफलता पाइयो,” उनले भने । सरकारले निब्र्याजी रुपमा ऋण, तालिमको व्यवस्था एवम् बजारीकरणको व्यवस्था गर्नुपर्ने यादवको माग छ । जिल्लामा बाख्रापालनका लागि अवसरसँगै चुनौती छन् । जिल्ला पशु सेवा कार्यालय किसानका लागि जनचेतनामूलक कार्यक्रम तथा शिविर सञ्चालन गर्दै आएको वरिष्ठ पशु चिकित्सक श्यामनारायण झाले जानकारी दिए । कार्यालयले विभिन्न किसिमको खोप, बिमाको व्यवस्था, सहज बजारीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । महोत्तरीमा व्यावसायिक रुपमै सञ्चालित ११० वटा पशुपालन फाराममध्ये दर्ता गरी सञ्चालनमा ल्याएको बाख्रापालन गर्ने फारामको सङ्ख्या १९ वटा रहेको कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending