Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

स्क्यान मेसिन नहुँदा भन्सारमा ढिलार्इ

\"\"रसुवा, ३ फागुन । चीनसँगको सिमा जोडिएको एकमात्र उत्तरी नाका रसुवागढी भन्सारमा सामान जाँचपासका लागि स्क्यान मेसिन राख्न नसक्दा भन्सार कार्यमा ढिलाइ हुने गरेको छ । चीनको केरुङबाट फलफुल,जुत्ताचप्पल, कपडा लगाएतका सामान बोकेका मालबाहक कन्टेनरहरु दैनिक सयौको संख्यामा यही भन्सार हुँदै काठमाण्डौ भित्रिने गरेका छन् । ठुलो मात्रामा राजस्व संकलन हुने यो नाका व्यवस्थित बनाउन नसक्दा भन्सार कार्यमा हुने ढिलाइका कारण व्यवसायीहरु मर्कामा पर्ने गरेका छन् । प्रविधिको अभाव त छँदैछ साँघुरो सडक, पार्किङको व्यवस्था नहुनु, लोड अनलोडका लागि मजदुर नहुनु, भौगोलिक जटिलता जस्ता कारणहरुले पनि भन्सार कार्यमा ढिलाइ हुने गरेको भन्सार कार्यालय रसुवागढीका प्रमुख भन्सार अधिकृत गोपाल कोइराला बताउछन् । ठूलो संख्यामा भित्रिएका मालबाहक कन्टेनरहरुलाइ सडकमै रोकेर प्रत्यक पोका खोलेर सामानको जाँच गर्नु पर्ने बाध्यता भएको भन्दै उनले भन्सार कार्यालयका कारण ढिलासुस्ति नभएको प्रष्ट पारे । राजस्व संकलनमा १२३ प्रतिशतले बृद्दि बार्षिक २ अर्ब ४२ करोड राजस्व संकलनको लक्ष्य राखेको रसुवागढी भन्सारले माघ महिना सम्ममा १ अर्ब ६० करोड ७६ लाख ३४ हजार राजस्व संकलन गरिसकेको छ जुन माघ सम्मको लक्ष्यको १२३ प्रतिशतले बढी हो । लक्ष्य भन्दा बढी राजस्व संकलन हुने यो नाका व्यवस्थित गर्न नसके राजस्व डाइभर्ट हुन सक्ने तर्फ सबै सचेत हुनुपर्ने प्रमुख भन्सार अधिकृत कोइराला बताउछन् । नाका व्यवस्थित गर्न सक्ने हो भने राजस्व संकलन अझै बढ्ने उनको दाबी छ । आर्थिक अनियमितता भयो भन्ने कुरा आरोप मात्रै व्यापारीहरुसँग मिलेर सामानको गुणस्तर र मात्रा नक्कली बनाइ भन्सार कार्यालयले आर्थिक अनियमितता गर्ने गरेको र त्यसैका कारण पनि भन्सार कार्यमा ढिलासुस्ति हुने गरेको भन्ने आरोपको खण्डन गर्दै प्रमुख भन्सार अधिकृत कोइरालाले कन्टेनर राखिएको यार्डमै सीसी क्यामेराहरु जडान गरिएको र त्यसैबाट भन्सार महानिर्देशनालयले निरन्तर अनुगमन गरिरहने हुँदा त्यस्ता अनियमितता हुनै नसक्ने बताए । आफु भर्खरै भन्सार प्रमुख भएर आएको र आफ्नो कार्यकालमा यस्ता कुनै पनि आर्थिक अपारदर्सिताका काम नभएको जनाउदै उनले आफु प्रमुख भएर भन्सारमा रहुन्जेल हुन नदिने पनि स्पष्ट पारे । कन्टेनर व्यवसायीहरुले गर्ने गरेको अस्वस्थ प्रतिस्पर्धा प्रति सबै सरोकारवालाहरु सचेत नहुने हो भने नाका कमजोर हुने र राजस्व संकलनमा पनि असर गर्ने भएकाले त्यस तर्फ ध्यान दिन उनले सबैलाइ आग्रह समेत गरे । विभिन्न कठिनाइका बाबजुत पनि भन्सार कार्य छिटो, सरल र पारदर्शी ढंगले गराउन आफु प्रयत्नशील रहने भन्दै उनले त्यसका लागि सबै पक्ष उत्तिकै ज़िम्मेवार बन्नपर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending