Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बाबुरामको नयाँ शक्ति संसदमा

\"\"काठमाडौं, ३ फागुन । व्यवस्थापिका संसदमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालको प्रतिनिधित्व हुने भएको छ । आजको राजधानी दैनिकमा खबर छ– नयाँ शक्ति पार्टी, नेपाल र गंगा चौधरी सत्गौहाले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) बीच सोमबार पार्टी एकता भएसँगै संसदमा सो पार्टीको प्रतिनिधित्व भएको हो । चौधरी सांसद हुन् र उनी व्यवस्थापिका संसदको विधायन समितिकी सभापति छिन् । व्यवस्थापिका संसद सदस्य (सांसद) पद त्यागेर भट्टराईले नयाँ शक्ति पार्टी, नेपाल खोलेका थिए । दुई पार्टीबीच सोमबार भएको एकतासँगै एकीकृत पार्टीको नाम नयाँ शक्ति नेपाल नै राख्न दुवै पार्टी सहमत भएका छन् । सोमबार नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालय बबरमहलमा दुवै पार्टीको बैठक बसी पार्टी एकता गर्ने निर्णय भएको हो । सोमबार नै दुवै पार्टीको एकता भेला पनि सम्पन्न भएको छ । भेलाले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको थियो । एकता भेलाले निर्वाचन आयोगमा दर्ता भएका दुवै पार्टीबीच एकता भई नयाँ शक्ति पार्टी, नेपालको विधान, पार्टीको झन्डा, प्रस्तावित चुनाव चिह्न नै एकीकृत पार्टीको विधान, झन्डा र चुनाव चिह्न हुने निर्णयसमेत गरेको छ । एकता भेलामा नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले अब नयाँ शक्ति पार्टी, नेपालले केही कानुनी प्रक्रिया पूरा गरेपछि संसद्मा प्रतिनिधित्व गर्ने जानकारी गराए । गंगा चौधरीले आफूले अब नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट संसद्मा भूमिका खेल्ने बताउँदै आफूलाई सल्लाह सुझाव दिन नयाँ शक्तिका नेतालाई आग्रहसमेत गरिन् । नयाँ शक्तिले थारू समुदायका एजेन्डालाई समर्थन गर्ने प्रतिबद्धता जनाएकाले पार्टी एकता गरिएको चौधरीको भनाइ छ । सोमबार नै जनमुक्ति पार्टीका उपाध्यक्ष राजवंशी चौधरीसहितको समूह पनि नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending