Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

उद्योग वाणिज्य महासंघमा महाभारत

काठमाडौं, २ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ३वर्षका लागि नयाँ नेतृत्व चयन गर्नका लागि हुने साधारणसभा अब ५६ दिनमात्र बाँकी रहेको छ । ०७३ चैत २८ गतेबाट सुरु हुने महासंघको साधारणसभाको एक मात्र एजेण्डा आगामी तीन वर्षकालागि नेतृत्व चयन हुनेछ । महासंघको संशोधित विधान ०७३ बमोजिम निर्वाचन भएमा र यो बीचमा कुनै कानूनी व्यवधान आइ परेन भने यस पटक साधारणसभाले वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालार्य स्वत अध्यक्षमा चयन गर्ने छ । साँघु साप्ताहिकमा खबर छ– भवानी राणलार्य स्त अध्यक्ष बनाउने र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालार्य जिताउने पशुपति मुराका एण्ड कम्पनीको अभियान सफल भयो भने महासंघका महारथी मानिएका पूर्व अध्यक्षहरुबीचको द्वन्द्व अरु बढेर जाने आंकलन गर्न थालिएको छ । निजी क्षेत्रको एकमात्र साझा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट एउटा सम्प्रदाय (नेवार)लाई अलग गराउने षड्यन्त्रको थालनी संशोधित विधान २०७३ ले गरेको महासंघका एकजना पूर्व अध्यक्षले अफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए । संशोधित विधान ०७३ अनुसार, अब उप्रान्त वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको मात्र खुल्ला प्रतिस्पर्धाका आधारमा निर्वाचन हुने छ । संशोधित विधान ०७३ अनुसार, यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्तिले वि.सं. ०७७ बाट ३ वर्षकालागि स्वतः अध्यक्ष बन्ने मौका पाउनेछ । नेपाल उद्योग वाणिज्य संघले नेपालको प्रचलित ऐन र विद्यमान संविधान विपरीत योग्यता पुगेको व्यक्तिले खुल्ला रुपमा प्रतिस्पर्धा गर्न पाउने हकलार्य प्रतिबन्ध लगाउँदै विना प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने पंचायतकालिन गाउँफर्के प्रणाली स्थापित गरेकोमा चौतर्फी रुपमा विरोध हुँदै आएको छ । यही गाउँफर्के प्रणालीका जन्मदाताहरु महासंघका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्षहरु चण्डीराज ढकालहरु नेवार बाहुल्यको आरोप खेप्दै आएको महासंघलाई रैथाने नेवारहरुको कब्जाबाट मुक्त बनाउने अभियान अन्तर्गत पशुपति मुरारका र चण्डीराज ढकाल समर्थित सम्भवतः भवानी राणा अध्यक्ष र त्यसपछिको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई अगाडी बढाउने उद्घोष ०७३ माघ २८ गते भएको नवलपरासी जिल्ला उद्योग वाणिज्य संघको साधारणसभाबाट भएको छ । आफ्ना ज्वाईं कुशकुमार जोशीलाई समेत साथ दिन छाडेर चण्डीराज ढकाललाई जिन्दगीभर महासंघको राजनीतिमा साथ दिँदै आएका किशोर प्रधानलाई लत्याएर उनी विरुद्ध चण्डी ढकालले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई अगाडि सारेपछि महासंघभित्रको चण्डीगुटमा भाँडभैलो सुरु भएको छ । यसबारेमा किशोरले चण्डीसँग स्पष्टीकरण माग्दा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको घोषण आफूलाई थाहा नभएको प्रतिक्रिया दिएर किशोरलाई थामथुम पार्ने प्रयास गरेको बताइन्छ ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending