Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

निर्माण सुरु भएको ३१ वर्षपछि परीक्षण उडान

\"\"काठमाडौं, १ फागुन । निर्माण सुरु भएको ३१ वर्षपछि कोटवाडास्थित सुनथराली विमानस्थलमा शनिवार परीक्षण उडान भएको छ । धावनमार्गको काम सकिएपछि तारा एयरको नाइन एन एवीएम नं को टुनवेटर विमान विहान ११ बजे अवतरण गरेको हो । आजको कान्तिपुरमा खबर छ– वरिष्ठ क्याप्टेन सन्तोष शाहले परिक्षण उडान गरेका थिए । विमानस्थलको लोकेशन हेर्न क्याप्टेन शाहसहित संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीसहितको टोली साताअघि हेलिकप्टरमा कोटवाडा पुगेर फर्किएको थियो । विमान हेर्न यहाँका लालु, माल्कोट, रुप्सा, कुमालगाउ, कोटवाडा, रकुसहितका आसपासका गाविसबाट ५ हजार बढी स्थानीय कोटवाडा पुगे । महिला लालाबाचा च्यापेर आएका थिए, बृद्धबृद्धा लठ्ठी टेक्दै विमानस्थल पुगे । स्थानीयले वर्षौदेखिको जहाज सपना पुरा भएपछि पाइटलसहितको टीमलाई बाजागाजाले स्वागत गरे । स्थानीय हुडे नाच देखाए । देउडा खेलेर रमाइलो पनि गरे । कोटवाडामा विमान अवरण भएपछि स्थानीय हर्षित छन् । ‘चिलगाडी ९जहाज० आउछ भनेर सुनथरालीको पाखो खन्न थालेको ३१ वर्ष भयो,’ कोटवाडा ३ का ४४ वर्षीय मानवहादुर विष्टले खुशी हुदै भने, ‘बल्ल आज आफ्नै ठाउँमा बसेको देख्न पाइयो ।’ उनका अनुसार ०४२ मा तत्कालीन जिल्ला पंचायत सभापति दीपवहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार दिएर काम सुरु गरिएको थियो । काम सुरु हुदा प्रति दिन ५ रुपैया ज्यालामा काम गरेका मजदुरले ०७३ मा प्रति दिन ४ सय रुपैयासम्म पाए । सशस्त्र द्वन्द्वमा मजदुर मारिएपछि अवरुद्ध भएको निर्माण काम लोकतन्त्र आएपछि दलिय भागबण्डामा गठन भएका उपभोक्ता समितिले भने यहाका मजदुरलाई ज्याला नदिएको गुनासो छ । कहिले बजेट अभाव, कहिले सशस्त्र द्वन्द्व त कहिले उपभोक्ता समितिको ठगीले कामले गति लिन नसकेको कोटवाडा विमानस्थल निर्माणको ढिलाईले कालिकोटबासी दुस्खी भए पनि जहाज आएपछि हवाइ सपना पुरा भएको स्थानीय समाजसेवी पदमवहादुर बुढाले बताए । ‘तन्नेरी हुदादेखि एयरर्पोट बनाउन पहल थालेको अब त बुढो भइयो,’ कुमालगाउ गाविसका पुर्व अध्यक्ष बुढाले सुनाए ‘हाम्रो पालामा त जहाज देख्न पाइदैन कि भन्ने लागेको थियो, देख्न पाइयो चढ्न कहिले पाइने हो अझै ठेगान छैन ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक राजकुमार क्षेत्रीले नियमित उडानका लागि पहल भइरहेको बताए । उनले केही सातामै उद्घाटन गरेर यात्रु चढ्न पाउने जनाए । कोटवाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नवहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि कर्णालीका अन्य जिल्लाको भन्दा लामो र फराकिलो रहेको दावी गरे । उनका अनुसार विमानस्थलको लम्बाई ६ सय ९० मिटर र चौडाई ४० देखि ६० मिटर छ । चार वर्षअघि परिक्षण उडान गर्ने भनेर प्रचार गर्ने तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडवहादुर विश्वकर्माको पालामा कोटवाडा विमानस्थल संचालनमा ल्याउन ७ करोड रकम विनियोजन गरिए पनि दलीय भागबण्डामा बनेका उपभोक्ता समितिले काम नगरेर रकम मात्र दुरुपयोग गरेको स्थानीयको गुनासो छ । दलीय भागवण्डामा बनेका उपभोक्ता समितिले ६० लाखको दरले ५ वटा उपभोक्ता समिति बनाएर काम गरे पनि कामदारको ज्याला अझै नदिएको बताए । ज्याला विवादमा काम बन्द भएको विमानस्थलमा कर्णालीकै नेता जीवनवहादुर शाही पर्यटन मन्त्री भएपछि कोटवाडा विमानस्थल संचालनमा ल्याउने बाचा गरेअनुसार दुई पटक कोटवाडा विमानस्थलको अनुगमन गरेर कामलाइृ तीब्रता दिन पहल गरेका थिए । मन्त्री बनेको केही सातामै मुगु हुदै हेलिकप्टरमा कोटवाडा विमानस्थल अनुगमन गर्न पुगेका मन्त्री शाहीले स्थानीयलाई माघ भित्रै विमानस्थल परिक्षण उडान गर्ने बाचा गरेका थिए । विमानस्थल नहुदा कालीकोटको लालु, माल्कोट, रुप्सा, कुमालगाउ, कोटवाडा, रकु, मेहेलमुडीलगायतका गाविसका बासिन्दाले आवतजावत र सामान ढुवानीमा सास्ती खेप्दै आएका थिए । ०७० को संविधान सभाको चुनावमा एमाओवादी, कांग्रेस, एमाले र राप्रपा ४ वटै प्रमुख दलका उम्मेदवारले पहिलो प्राथमिकतामा राखेर कोटवाडा विमानस्थल एक वर्ष भित्रै संचालनमा ल्याउने चुनावी नारा बनाए पनि कामले गति लिन सकेको थिएन । ०६८/०६९ भित्रै सम्पन्न गर्ने घोषणाकासाथ तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०६७/०६८ मा ७ करोड रकम विनियोजन गरे पनि काम हुन सकेन । कोटवाडा विमानस्थल संचालनमा आए पनि विमानस्थल पुग्ने सडक, सदरमुकाम मान्मबाट कोटवाडासम्म केबलकार र नियमित उडानका लागि बजेट माग गर्दै कालिकोटबासीको तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाइएको तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले टेलिफोनमा बताए । उनले खुलालु पुल निर्माण र कोटवाडा विमानस्थल पुग्ने सडक तत्काल निर्माण गर्नुपर्ने बताए । सशस्त्र द्वन्द्वको बेला यहीको विमानस्थलमा काम गर्ने क्रममा स्थानीय ४ जनासहित धादिङ्ग, काभ्रे, सिन्धुली र रामेछापबाट आएका ३५ जनाको तत्कालीन नेपाली सेनाले हत्या गरेको थियो । ती मध्ये धादिङ्ग जोगिमाराका १७ जना चेपाङ्ग पनि परेका थिए । ०५८ को फागुनमा माओवादीले अछामको सदरमुकाम मंगलसेन आक्रमण गरेपछि दोषी खोज्दै आएको सेनाको हेलिकोप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएपछि सेनाले कामदारलाई माओवादी भन्दै लाम लगाएर गोली ठोकेको स्थानीयबासी बताउँछन् । बहुदलीय ब्यवस्थापछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पाँच वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ०४८ मा कोटवाडा विमानस्थलको काम सुरु गरे पनि ०५२ देखिको जनयुद्धले काम प्रभावित बन्न पुगेको थियो । सशस्त्र द्वन्द्वको बेला कोटवाडा विमानस्थल निर्माणको नाममा हवाई विभाग र ठेकेदारको मिलेमतोमा लाखौ रकम अनियमितता भएको एमाले सांसद तुलाराज विष्टको दावी छ । भौगोलिक विकटता, न्यून रकम विनियोजन हुनु र स्थानीय बासिन्दामा अपनत्वको भावना नहुनुजस्ता समस्याले पनि विमानस्थल निर्माण अलपत्र परेको स्थानीयको भनाई छ । दलीय उपभोक्ता समिति बनाएर परम्परागत औजारले विमानस्थल खन्दा काममा ढिलाई भएको स्थानीय हिरामणि उपाध्यायले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: