Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बुटवल एसिड प्रकरण : के भन्छन् प्रेमिकालाई एसिड प्रहार गर्ने सुनील ?

[caption id=\"attachment_116339\" align=\"alignleft\" width=\"750\"]\"\" सुनील कोइराला[/caption] गत आइतबार राति बुटवलमा धादिङ नौबिसे बस्ने सुनील कोइरालाले नवलपरासी गैंडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटाको एसिड प्रहार गरी हत्या गरे । एसिड प्रहार गरी युवतीको हत्या घटनाले फेरि नयाँ खालको भय र त्रास सिर्जना गरेको छ । गहिरो प्रेममा परेको दाबी गर्ने एक युवकले आफूले धेरै माया गर्ने युवतीलाई मृत्यु हुने गरी एसिड प्रहार गरेपछि नेपाली समाजमा नयाँ खालको त्रास सिर्जना भएको हो । के भन्छन् प्रेमिकालाई एसिड प्रहार गर्ने सुनील ? मेरो घरमा बाबाआमा हुनुहुन्छ । एउटी दिदी र एउटी बहिनी काठमाडौंमा बसेर पढ्छन् । मेरी श्रीमती आठ महिनादेखि माइतीमा बस्दै आएकी छिन् । साढे तीन वर्षअगाडि फेसबुकमार्फत म र तुलसा सापकोटा साथी बनेका हौँ । कुवेतमा रोजगारीमा रहेका वेला उनी मेरो साथी बनेकी हुन् । कुवेतमा एक वर्ष बसेपछि म नेपाल फर्किएँ । उनीसँग भेट गर्न तीन वर्षअगाडि काठमाडौंबाट डिलक्स बस चढेर नारायणगढ आएँ । पहिला नै फोनबाट कुरा भएको थियो । म काठमाडौंबाट नारायणगढ आउने र त्यहाँ भेट भएर सँगै लुम्बिनी घुम्न जाने । सोहीअनुसार मैले उनलाई नारायणगढको किचन क्याफेमा भेटे । मेरो पहिलो भेट त्यही थियो । त्यसपछि निकै खुसीका साथ त्यही डिलक्स बस चढेर हामी लुम्बिनी प्रस्थान गर्‍यौँ । लुम्बिनीमा घुमघाम गरेपछि हामीहरू त्यस रात मायादेवी गेस्ट हाउसमा बस्यौँ । त्यसयता हामीले भेटघाटलाई निरन्तरता दिँदै आएका थियौँ । त्यसपछि म रोजगारीका क्रममा दुबई गएँ । तुलसालाई पनि दुबई बोलाएँ । दुबईमा हामी नजिकनजिक बसेका थियौँ । साथी–साथी भएका कारण एउटै कोठामा रात बिताउने बस्ने क्रम जारी थियो । मैले कमाएको पैसा उनले नै चलाउने गर्थिन् । उनी र मबीच प्रेम गहिरिँदै गयो । पाँचदेखि सात लाखसम्म उनलाई दिएँ । हामीबीच राम्रै सम्बन्ध थियो । घरपरिवारको सल्लाहमा मैले धादिङमा मागी विवाह गरेँ, जुन कुरा तुलसालाई पनि थाहा थियो । उनले पनि नकारात्मक प्रतिक्रिया जनाएकी थिइनन् । आठ महिनादेखि मेरी श्रीमती माइतीमा छिन् । सम्बन्ध बिग्रेर हैन, पढ्न सजिलो हुन्छ भनेर उनी माइती बसेकी हुन् । म विवाह बन्धनमा बाँधिए पनि तुलसा र मबीचको सम्बन्ध झन् गहिरिँदै गयो । म गहिरो प्रेममा परेपछि उनले बेवास्ता गर्न थालिन् । पुनः उनले मसँग ब्ल्याकमेलिङ गर्न थालिन् । चार लाख रुपैयाँ दिनुपर्छ भनेर मानसिक तनाव दिन थालिन् । केही महिनाअगाडि मात्रै ४० हजार दिएको थिएँ । उनले तँसँग जीवन बिताउन सक्दिनँ भन्नेजस्ता अभिव्यक्ति दिन थालेपछि मैले उनको अनुहार ड्यामेज गर्ने सोचअनुसार एसिड हानेको हुँ । गुगलमा हेर्दा एसिडले असर गर्छ भन्ने फेला पारेको थिएँ । तर, सोचेजस्तो भएन । त्यसदिन नसामा मस्त भइयो । दुवै हात हालाहाल गर्ने तहमा पुग्यौ । सामान्य असर पुर्‍याएर सजिलै सजायबाट उम्किने सोच बनाएको थिएँ । तर, सोचे जस्तो भएन, पछुतो लागेको छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: