Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

नेपालदेखि स्कटल्याण्डसम्म साम्राज्य खडा गर्दै रामदेव

\"\" काठमाडौं, २९ माघ । सन् २००७ मा जब पतञ्जली आयुर्वेदको स्थापना भएको थियो । दश वर्षमै यो कम्पनीले उच्च श्रेणीमा बहुराष्ट्रिय कम्पनीको चुनौती पेश गर्न सक्ला भन्ने कसैले सोँचेको थिएन । तर भइदियो त्यस्तै । योग गुरु रामदेवले ब्यानरदेखि लिएर टेलिभिजनसम्म आफ्नो उत्पादनको प्रचारप्रसार गरिरहेका छन् । साथै उनको कम्पनीले अहिले हजार करोडको साम्राज्य बनाएको छ । सन् २०१५/१६ मा पतञ्जली आयुर्वेदको आम्दानी ५ हजार करोडसम्म पुगेको थियो, जुन पछिल्लो वर्षको तुलनामा १ सय ५० प्रतिशत बढी हो । कम्पनीले २०१६/१७ मा १० हजार करोड आम्दानीसम्म पुग्ने लक्ष्य लिएको छ । पाँच वर्षमै कम्पनीको आम्दानी १० गुना भन्दा माथि आएको छ । यति गतिमा सफलताका साथ पतञ्जली आयुर्वेद विस्तार भइरहेको छ । यो कम्पनीले भारतको केही राज्यमा नयाँ प्लान्ट तथा फुड पार्क बनाइरहेको छ । भारतको कुन–कुन ठाउँमा रामदेवको जमिन छ भन्ने जान्नुहोस् । असम भारतको असमस्थित तेजपुरमा पतञ्जली आयुर्वेदको हर्बल तथा मेगा फुड पार्कका लागि एक सय ५० एकड जमीन दिइएको छ । रामदेवले असमका उद्योगमन्त्री चन्द्रमोहन पटवारीसँग कुरा गरी अरु ३३ एकड जमीन माग गरेको इकोनोमिक टाइम्सले जनाएको छ । १२ सय करोड भारुमा यो पार्कमा वर्षेनी १० लाख टन क्षमताको उत्पादन हुने गरेको छ । उत्तर प्रदेश उत्तर प्रदेश सरकारले गत नोभेम्बरमा पतञ्जली आयुर्वेदको ग्रेटर नोयडामा २ हजार करोड भारुको फुड पार्क निर्माणको अनुमति दिएको छ । साथै समुहका लागि यमुना एक्सप्रेसमा ४५० एकड जमीन दिन पनि सरकार सहमत भएको छ । यो इकाइ पूरा क्षमतासम्म पुगेपछि वर्षेनि २५ हजार करोड भारु बराबरको उत्पादन गर्दछ । मध्य प्रदेश शिवराज सिंह चौहानको मध्यप्रदेशमा पनि रामदेवको पतञ्जली आयुर्वेदले आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ । मध्यप्रदेशको धार जिल्लामा ५ सय करोडको खाद्य प्रशोधन केन्द्र निर्माणको तयारी भइरहेको छ । यसका लागि रामदेवको कम्पनीका ४ सय एक जमिन दिइएको छ । महाराष्ट्र महाराष्ट्रको नागपुरमा पतञ्जली मेगा फुट तथा हर्बल पार्कको आधारशिला खडा गरिएको छ । यो फुड पार्क २ सय ३० एकड जमिनमा फैलिएको छ । यहाँबाट पतञ्जली आयुर्वेदको मध्य तथा पश्चिमी भारतको बजारसम्म आफ्नो पहुँच विस्तार गरेको छ । \"\"आन्ध्र प्रदेश योग गुरु रामदेवले उत्तर तथा मध्यदेखि दक्षिण भारतसम्म नै आफ्नो उत्पादन फैलाउने प्रयास गरिरहेका छन् । हालै पतञ्जली आयुर्वेदका सीईओ बालकृष्ण कृष्णापटनम बन्दरगाह तथा त्यस आसपासका औद्योगिक क्षेत्र भ्रमण गरी फर्किएका थिए । नेल्लोर जिल्लामा शुरु गरी रामदेवले आफ्नो कारोबारको साम्राज्य दक्षिण भारतसम्म फैलाउन चाहेका छन् । हाल पतञ्जली आयुर्वेदको सबैभन्दा ठूलो केन्द्र हरिद्वारमा रहेको छ । पतञ्जलीले फुड तथा हर्बल पार्कमा अलग अलग तरिकाको काम गरिरहेको छ । भारतमा मात्र सीमित नभइ पतञ्जलीले नेपालमा पनि आफ्नो साम्राज्य विस्तार गर्दै गएको छ । केही समयअघि मात्रै बारा जिल्लामा पतञ्जली कम्पनी उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत पुगेका थिए । यस्तै, स्कटल्याण्डमा पनि पञ्जली योगपीठ ट्रष्टको द्विप निर्माण गरिएको छ । जहाँ योग पर्यटन वृद्धिमा जोड दिइएको छ । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies