Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

स्ववियु चुनाव : कतै प्रचार, कतै विरोध

\"\"काठमाडौं, २७ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि घोषणा गरेको दिन नजिकिँदै गर्दा कतै उत्साह र कतै आक्रोश देखिएको छ । केही विद्यार्थी संगठनले स्ववियु चुनाव आफ्नो पोल्टामा पार्न प्रतिबद्धता जाहेर गरेका छन् भने केही संगठन तालाबन्दीमा उत्रेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– नेविसंघको आन्तरिक विवादबाहेक तीन ठूला संगठनहरू चुनावी तयारीमा उत्साहका साथ लागेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले बुधबार चुनावको प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । अनेरास्ववियुले कार्यकर्तामाझ आफ्ना एजेन्डा सार्वजनिक गरेको हो । उता, नेविसंघको २८ वर्षे उमेर हदबन्दीमा असन्तुष्ट नेताले आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् भने बुधबार नेकपा माओवादी विप्लवनिकटको संगठनले देशव्यापी ताला लगाएको छ । नेविसंघमा असन्तुष्टि २८ वर्षे उमेर हदबन्दी लगाएर स्ववियु चुनावमा जाने निर्णयमा असन्तुष्टि जनाउँदै आंगिक क्याम्पसमा लगाएको ताला बुधबारसम्म खुलेको छैन । नेविसंघका अध्यक्ष नैनसिंह महरले विवाद मिलेको र अब ताला खुल्ने बताए । माउ पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवाले स्ववियु चुनावमा होमिन निर्देशन दिए पनि असन्तुष्टले ताला खोलेका छैनन् । २८ वर्षे हदबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका छन् । असन्तुष्टले सर्वोच्चको फैसला मान्ने बताउँदै आएका छन् । यस्ता छन् अखिल क्रान्तिकारीका प्रतिबद्धता अनेरास्ववियु क्रान्तिकारीले १४ फागुनमा हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनकेन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । अखिल क्रान्तिकारीले बुधबार पत्रकार सम्मेलन गरी स्ववियु निर्वाचन–२०७३ को प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आचारसंहिताको पालना गरी सोहीअनुसार प्रतिबद्धतापत्र सार्वजनिक गरेको बताए । उनले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक ऋण र प्रमाणपत्र धितोको आधारमा व्यावसायिक ऋणको कार्यक्रम कार्यान्वयन गर्न, त्रिविलाई विशेषज्ञता अध्ययन केन्द्रका रूपमा विकास गर्न, पूर्वाधारसहित आमविद्यार्थीको पहुँचमा हुने गरी सेमेस्टर प्रणाली लागू गराउने एजेन्डा अघि सारेका छन् । सो संगठनले विश्वविद्यालयमा छुट्टै ‘पार्टटाइम जब डिपार्टमेन्ट’ स्थापना गरी पढिरहेका नियमित विद्यार्थीका लागि आंशिक रोजगारी सुनिश्चितता गराउनेसमेत प्रतिबद्धता जनाएको छ । विश्वविद्यालयमा हुने गरेको भागबन्डा प्रणालीको अन्त्य गरी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयको पदाधिकारी र क्याम्पस प्रमुख चयन गर्ने व्यवस्था गर्न, अनियमित प्राध्यापक र कर्मचारीलाई नियमित र विद्यार्थीप्रति उत्तरदायी बनाउने एजेन्डा अघि सारेको छ । त्यसैगरी, असान्दर्भिक बनेका पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन गर्न, दातृनिकायको सहयोगको लोभमा क्याम्पस स्वायत्तताको नाममा गर्न खोजिएको नियन्त्रण गर्न, उच्च शिक्षामा भएको बेलगामयुक्त निजीकरण, व्यापारीकरण र दलालीकरणको अन्त्यको अभियानलाई निष्कर्षमा पुर्‍याउने जनाएको छ । विप्लव माओवादीनिकट विद्यार्थीबाट तालाबन्दी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिविका क्याम्पसहरूमा तालाबन्दी गरेको छ । स्ववियु चुनाव १५ दिन पछि सार्नुपर्ने, समावेशी हुनुपर्ने र फर्जी विद्यार्थी भर्ना खारेज गर्नुपर्ने माग राख्दै बुधबार तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले त्रिविले सार्वजनिक गरेको स्ववियुको कार्यतालिका कम्तीमा १५ दिन पछि सार्नुपर्ने मुख्य माग रहेको बताए । पार्टीको महाधिवेशन रहेकाले १५ दिन पछि सार्न आग्रह गरेको बताए । सो पार्टीको १–१० फागुनसम्म महाधिवेशन हुँदै छ । उनले स्ववियु चुनाव हुने देशभरका झन्डै चार सय क्याम्पसमा तालाबन्दी गरेको बताए । तयारी निरन्तर छ : त्रिवि त्रिविका शिक्षाध्यक्ष तथा केन्द्रीय निर्वाचन कमिटी अध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले स्ववियु चुनावका विषयमा पछिल्ला घटनाक्रमबारे पदाधिकारीबीच छलफल भएको जानकारी दिइन् । ‘सानातिना कुराले चुनाव रोकिँदैन, तर केलाई साना समस्या भन्ने नै समस्या छ । अब विद्यार्थीलाई बोलाएर छलफल गरी अघि बढ्छौँ । हाम्रो तयारी अघि बढिरहेको छ,’ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending