काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो ।
बजार परिसूचक ओरालो लागे पनि आज कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ । दिनभरिमा ३२० वटा कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कुल कम्पनीमध्ये १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बजार घटे पनि केही जलविद्युत कम्पनीहरूको शेयर मूल्यमा भने उत्साहजनक वृद्धि देखिएको छ । हिमालयन दोलखा हाइड्रोपावरको शेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोपावरको ९.१९ प्रतिशतले बढेको छ । यस्तै कालिका पावरको मूल्य ८.३२ प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
समूहगत रुपमा आज सबैभन्दा धेरै विकास बैंक परिसूचक २.२३ प्रतिशत र म्यानुफ्याक्चरिङ क्षेत्रको २.१२ प्रतिशत मूल्य घटेको छ । हाइड्रो, इन्भेष्टमेन्ट र म्युचुअल फण्डका सूचक घटेका छन् ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी एसवाई प्यानलको ५२ करोड २९ लाख र अपर माई हाइड्रोपावर ४६ करोड ६४ लाख रुपैयाँको कारोबारसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...
माघ १६ गते, २०८२ - १५:२४
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...
माघ १६ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...




प्रतिकृया लेख्नुहोस्: