Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

यस्तो छ भारत र चीनसँगको उपलब्धिहरू

काठमाडौं, २७ माघ ।नेपालको छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सम्बन्धबारे अाजको नयाँ पत्रिकामा खबर छ– भारतसँग उपलब्धि
  • भारतीय सहुलियत ऋणमा महाकाली पुल तथा सिँचाइ परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) टुंग्याउने सहमति
  •  तराई रोड दोस्रो तथा अन्य केही परियोजनाका लागि नयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय
  •  विराटनगर–जोगबनी तथा बर्दिबास–बिजलपुरा–जयनगर गरी दुईवटा सीमापार रेल्वे परियोजना चाँडै सम्पन्न गर्ने सहमति
  •  तीनवटा अन्य सीमापार रेल्वे परियोजना (नेपालगन्ज–नेपालगन्ज रोड, काँकडभिट्टा–न्यु जलपाइगुडी तथा भैरहवा–नौतनहवा ) चाँडै नै सुरुवात गर्ने सहमति
  •  हेटौँडा पोलिटेक्निक निर्माण कार्य चाँडै सुरुवात गर्ने सहमति
  •  पुनर्निर्माणका लागि भारत सरकारले दिएको अनुदान तथा ऋणका परियोजनालाई चाँडै नै टुंग्याइने सहमति
  •  भारतीय पूर्वाधार तथा सडकका कारण नेपाली सीमावर्ती गाउँ र बजारहरूको डुबानबारे नेपालले चासो राख्दा समस्या देखिएका ठाउँमा संयुक्त निरीक्षण गर्न दुवै पक्ष सहमत
चीनसँग उपलब्धि
  •  नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको आउटलाइनमा सहमति। नेपालले मस्यौदा प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई राय–सुझाबका लागि पठाउने सहमति। यसबारे वाणिज्य मन्त्रालयसँगको समन्वयमा अन्तिम मस्यौदा तयार हुँदै।
  •  कार्गो यातायातसम्बन्धी प्रोटोकलमा तिब्बत हुँदै नेपालका उत्तरी जिल्ला जाने नयाँ मार्ग थप गर्नेलगायतका विषयमा छलफल।
  •  पुनर्निर्माणका लागि चीनले दिने भनेको ३ अर्ब चिनियाँ युआनमध्ये रसुवागढी–स्याफ्रुबेसी सडकको मर्मतसम्भार, निजामती अस्पतालको स्तरोन्नतिलगायतका परियोजनामा खर्च हुने रकम उपलब्ध गराउने समझदारीपत्रमा चीनका लागि नेपाली राजदूत तथा चिनियाँ वाणिज्य मन्त्रालयका पदाधिकारीबीच हस्ताक्षर।
  •  तिब्बतका राजमार्ग उपयोगसम्बन्धी प्रोटोकलमा चिनियाँ पक्षबाट मस्यौदा प्राप्त भएको र चीनलाई जवाफ पठाउने तयारी। छिट्टै नेपालमा सशोधित प्रोटोकलमा छलफल गरी हस्ताक्षरका लागि नेपालमा बैठक आयोजना गर्ने सहमति।
मुखर्जी आए, सी आएनन् साउन १९ मा प्रधानमन्त्री भएलगत्तै प्रचण्डले छिमेकलाई उच्च र समान प्राथमिकता दिएर दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिण पठाए। उपप्रधानमन्त्री विमलेन्द्र निधिले २–७ भदौसम्म भारत भ्रमण गरे। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै शीर्ष नेतासँग भेटवार्ता गरे। नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध सुधारको सुरुवात निधिको भ्रमणले गर्‍यो। फलस्वरूप भदौ ३०–२ असोजसम्म प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमण र १७ कात्तिकदेखि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भयो। त्यस्तै, उपप्रधानमन्त्री कृष्णबहादुर महराले १–४ भदौसम्म चीन भ्रमण गरे। महराले पनि चिनियाँ प्रधानमन्त्री ली खछियाङसहित उच्च अधिकारीसँग भेटवार्ता गरे। निधिको मिसन थियो– प्रधानमन्त्री प्रचण्डको राजकीय भारत यात्रा गराउने। महराको मिसन थियो– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि परिस्थिति मिलाउने। तर, सीको नेपाल भ्रमण अझै निश्चित भएको छैन। राष्ट्रपति सी नेपाल नआए पनि गोवामा ३० असोजमा आयोजित ब्रिक्स र बिमस्टेकको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्ने अवसर पाए। सीसँगको औपचारिक र भारतीय प्रधानमन्त्री मोदीसमेतको उपस्थितिमा अनौपचारिक छलफलमा नेपाललाई त्रिदेशीय विकासको साझेदार बनाउन आपूmले उल्लेखनीय प्रस्ताव राख्न पाएको प्रधानमन्त्रीको दाबी छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending