Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग

\"\"काठमाडौं, २७ माघ । एक सातापछि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनका नाममा राज्यकोषको चरम दुरुपयोग गर्दै आएका छन् । माघ महिनामा मात्रै उनले ११ ओटा जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ– मुलुकको सुरक्षा अवस्थालाई बेवास्ता गर्दै र सशस्त्र प्रहरी बलको प्रशासनिक कामलाई थाँती राखेर भवन उद्घाटनका नाममा निस्कँदा उनले अधिकाँश ठाउँमा हेलिकोप्टरको प्रयोग गरेका छन् । भ्रमणमा जाँदा उनले आफ्ना छोरा भतिजलाई पनि सँगै लैजाने गरेको र महंगो होटलमा बस्ने गरेको सशस्त्र मुख्यालय स्रोतले जनाएको छ । पुस नराम्रो महिना भन्दै माघ लागेलगत्तै भ्रमणमा निस्केका सशस्त्र प्रहरी महानिरीक्षक राईले अहिलेसम्म पाल्पा, बुटवल, भोजपुर, मुस्ताङ, संखुवासभा, खोटाङ, रसुवा र गोरखा गुल्ममा पहिला नै निर्मित भवनको उद्घाटन गरेका हुन् । यस्तै, माघभित्रै उनी नेपालगञ्ज, जनकपुर र वीरगञ्जमा रहेका सीमा सुरक्षा कार्यालयको भवन उद्घाटन कार्यक्रममा सहभागी भए । स्रोतका अनुसार, जनकपुर र नेपालगञ्जबाहेक सबै ठाउँमा उनले हेलिकोप्टर प्रयोग गरेका थिए । उद्घाटन गर्दा भवनको शिलालेखमा आफ्नो नाम लेख्न पाइने भएकाले दीर्घकालीन महत्वका कामलाई थाँती राखेर उनी त्यहाँ गएका हुन् । सशस्त्र प्रहरी प्रमुख राईले पछिल्लो पटक भवन उद्घाटन गरेको खोटाङ गुल्मको हो । सोमबार खोटाङमा हेलिकोप्टर मार्फत गएका सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यहाँ गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई सम्मानपत्र प्रदान गरेका थिए । दिक्तेल नगरपालिका–११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो । करिब ७४ रोपनी क्षेत्रफल जमिनमा रहेको गुल्म मझुवागढीमा छ । रमाइलो कुरा के छ भने, २०६६ सालमा स्थापना भएको गुल्मको भवन सोमबार उनले औपचारिक उद्घाटन गरेका हुन् । पछिल्ला दिनमा भवन उद्घाटनमा अति नै व्यस्त आईजीपी राई मंगलबार साँझ काठमाडौं फिरेका छन् । आईजीपी राईले सशस्त्रको आफ्नो नेतृत्वकालमा कुनै उल्लेखनीय र सम्झनलायक काम गर्न सेकनन् । उनीमाथि महत्वपूर्ण फाइलमा हस्ताक्षर नगरेको र निवासबाटै सचिवालय चलाएको आरोप पनि लागेको छ । उनको कार्यकालमा सशस्त्र कर्मचारीहरुले कम्व्याट ड्रेस पनि पाउन सकेनन् । अहिले सशस्त्र प्रहरी कर्मचारीहरु पुरानो कम्व्याट ड्रेसमा डिउटी गर्न बाध्य छन् । सशस्त्र प्रहरी बललाई आफ्नो कार्यकालमा केही नवीन कुरा नदिए पनि आईजीपी राईले आफ्नो गृहजिल्ला भोजपुरको आफू पढेको विद्यालयलाई ३५ लाख रुपैयाँ दिएका थिए । बाबु आमाको नाममा विद्यालयको नाम राख्न ३५ लाख रुपैयाँ खर्चेका आईजीपी राईले सो रकमको स्रोतबारे कुनै जानकारी दिएका छैनन् । सशस्त्र प्रहरी प्रमुख भएपछि उनी १९ पटक विदेश गइसकेका छन् । १४ महिने आईजीपीको कार्यकालमा उनी ६ पटक त अमेरिका नै पुगे । उनीमाथि कल्याणकारी कोषको रकम दुरुपयोग गरेको आरोप पनि लाग्दै आएको छ । उनले आफू र आफ्ना नातेदारका नाममा सशस्त्र प्रहरीको ११ ओटा गाडी प्रयोग गर्दै आएको स्रोतको दाबी छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत फम्र्ड पुलिस युनिटमा खटिएको सशस्त्रको सुडानको शान्ति मिसनको मेडल परेडमा पनि उनी गएका थिए । सशस्त्रको शान्ति मिसनमा मेडल परेडमा जाने उनी नै पहिलो आईजीपी हुन् । यसअघि डीआईजी वा एआईजीलाई मेडल परेडमा पठाइन्थ्यो । सबै एआईजी गइसकेको अवस्थामा डीआईजीलाई पठाइने गरिन्थ्यो । आकर्षक भत्ताको लोभमा उनी आफै मेडल परेडमा गएका हुन् । स्रोतका अनुसार, आईजीपी राई सुडान जाँदा कल्याणकोषको १६ लाख रुपैयाँ खर्च भएको छ । सुडान जाँदा उनले परिवारलाई पनि लिएर गएका थिए । सशस्त्र प्रहरी बलका एक जना पूर्व आईजीपीका अनुसार, मेडल परेडमा जाँदा कति रकम खर्च गर्ने भन्ने कुरा आईजीपीमै भर पर्छ । ‘तर, हालका आईजीपी राईले धेरै नै रकम खर्च गरेको भन्ने मैले सुनेको छु,’ ती आईजीपीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending