Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

समिति नै बनाएर ओलीले थाले सरकार ढाल्ने अभियान, भारतीय राजदूतसँग डेढ घण्टा गोप्य वार्ता

[caption id=\"attachment_39790\" align=\"aligncenter\" width=\"650\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ, २६ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने अभियानलाई तीव्र पारेका छन् । संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै ६ महिना पुगेलगत्तै सरकार ढाल्न तल्लिन हुने पुरानो राजनीतिक खेललाई निरन्तरता दिँदै ओलीले समिति नै बनाएर सरकार ढाल्ने अभियान थालेको खुलेको छ । सरकार गठनदेखि नै सरकारका विरुद्ध दुष्प्रचार गर्दै आएका एमाले अध्यक्ष ओलीले केही सातादेखि सरकार ढाल्न अनौपचारिक संवादलाई तीव्र बनाएका छन् । ओलीनिकट उच्च स्रोतका अनुसार उनले प्रचण्ड सरकार ढाल्नका लागि भारतीय राजदूत रञ्जिन रायदेखि प्रमुख सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीनिकट स्रोतका अनुसार ओलीले सरकार ढाल्नका लागि पूर्वसभामखु सुवासचन्द्र नेम्वाङको नेतृत्वमा समिति समेत बनाएका छन् । उक्त समितिमा एमाले उपाध्यक्ष भीम रावल र विष्णु पौडेल छन् । भारतीय राजदूतसँग गोप्य भेट गत शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भारतीय राजदूत रञ्जि रेसँग विराटनगरस्थित एक होटलमा भेट गरेको खुलासा भएको छ । स्रोतका अनुसार शुक्रबार बेलुका ९ बजे उनीहरुबीच करिब डेढ घण्टा वार्ता भएको थियो । शनिबार विराटनगरमा आयोजना भएको पार्टीनिकट प्रेस चौतारी नेपालको वर्षगाठमा आयोजित कार्यक्रमका लागि त्यहाँ पुगेका उनले राजदूत रेलाई सरकार ढाल्ने अभियानमा रेसँग साथ खोजेका हुन् । राजदूत रे धारनस्थित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका थिए । करिब साँझ ७ बजेतिर विराटनगर पुगेका रे विराटनगर विमानस्थल नजकै रहेको होटल एसियाटिकमा खाजा खान छिरेका थिए । त्यसपछि अर्कै होटमा ओली र उनीबीच भेटवार्ता भएको थियो । राजदूत रेले आफूले सबै कुरा बुझेर मात्र जवाफ दिने बताएको स्रोतले जनायो । यद्यपी ओलीले भने भारतको साथ अनिवार्य भएकाले त्यसमा समर्थन गर्न अनुरोध गरेका थिए । फर्केलगत्तै देउवासँग छलफल राजदूत रेसँगको छलफलपछि ओलीले कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए । आइतबार राजधानीस्थित एक नीजि घरमा भएको भेटका क्रममा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको हो । ‘प्रचण्डबाट चुनाव हुने आशा नगरे हुन्छ, एमाले, राप्रपा र विजय कुमारजीको पार्टीका समेत समर्थनमा तपाई प्रधानमन्त्री बन्नुस अनि चुनावमार्फत संविधान कार्यान्वयन गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुस’ ओलीले देउवालाई भनेका थिए । तर देउवाले भने तत्काल प्रचण्डलाई धोका दिन नसक्ने बालुवाटारको बिफ्रिङमा बताएका थिए । नेम्वाङले थाले छलफल सरकार ढाल्नका लागि कांग्रेस लगायतका नेतासँग छलफल गर्ने जिम्मेवारी पाएका एमाले संसदीय दलका उपनेता नेम्वाङले सरकार ढाल्नका लागि कांग्रेस र राप्रपाका नेतासँग छलफल गरेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र राप्रपा नेतासँग आफूले छलफल गरेको नेता नेम्वाङले खबर डबलीलाई जानकारी दिए । यद्यपी उनले आफ्नो पार्टीलाई सत्ताको लोभ नभएको बताए । नेता नेम्वाङले सरकार ढाल्नकै लागि पार्टीले समिति नबनाएको समेत जिकिर गरे । तर उनी नेतृत्वको समितिले केही सातादेखि लगातार वार्ता गरिररहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending