Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

समिति नै बनाएर ओलीले थाले सरकार ढाल्ने अभियान, भारतीय राजदूतसँग डेढ घण्टा गोप्य वार्ता

[caption id=\"attachment_39790\" align=\"aligncenter\" width=\"650\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ, २६ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने अभियानलाई तीव्र पारेका छन् । संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै ६ महिना पुगेलगत्तै सरकार ढाल्न तल्लिन हुने पुरानो राजनीतिक खेललाई निरन्तरता दिँदै ओलीले समिति नै बनाएर सरकार ढाल्ने अभियान थालेको खुलेको छ । सरकार गठनदेखि नै सरकारका विरुद्ध दुष्प्रचार गर्दै आएका एमाले अध्यक्ष ओलीले केही सातादेखि सरकार ढाल्न अनौपचारिक संवादलाई तीव्र बनाएका छन् । ओलीनिकट उच्च स्रोतका अनुसार उनले प्रचण्ड सरकार ढाल्नका लागि भारतीय राजदूत रञ्जिन रायदेखि प्रमुख सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीनिकट स्रोतका अनुसार ओलीले सरकार ढाल्नका लागि पूर्वसभामखु सुवासचन्द्र नेम्वाङको नेतृत्वमा समिति समेत बनाएका छन् । उक्त समितिमा एमाले उपाध्यक्ष भीम रावल र विष्णु पौडेल छन् । भारतीय राजदूतसँग गोप्य भेट गत शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भारतीय राजदूत रञ्जि रेसँग विराटनगरस्थित एक होटलमा भेट गरेको खुलासा भएको छ । स्रोतका अनुसार शुक्रबार बेलुका ९ बजे उनीहरुबीच करिब डेढ घण्टा वार्ता भएको थियो । शनिबार विराटनगरमा आयोजना भएको पार्टीनिकट प्रेस चौतारी नेपालको वर्षगाठमा आयोजित कार्यक्रमका लागि त्यहाँ पुगेका उनले राजदूत रेलाई सरकार ढाल्ने अभियानमा रेसँग साथ खोजेका हुन् । राजदूत रे धारनस्थित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका थिए । करिब साँझ ७ बजेतिर विराटनगर पुगेका रे विराटनगर विमानस्थल नजकै रहेको होटल एसियाटिकमा खाजा खान छिरेका थिए । त्यसपछि अर्कै होटमा ओली र उनीबीच भेटवार्ता भएको थियो । राजदूत रेले आफूले सबै कुरा बुझेर मात्र जवाफ दिने बताएको स्रोतले जनायो । यद्यपी ओलीले भने भारतको साथ अनिवार्य भएकाले त्यसमा समर्थन गर्न अनुरोध गरेका थिए । फर्केलगत्तै देउवासँग छलफल राजदूत रेसँगको छलफलपछि ओलीले कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए । आइतबार राजधानीस्थित एक नीजि घरमा भएको भेटका क्रममा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको हो । ‘प्रचण्डबाट चुनाव हुने आशा नगरे हुन्छ, एमाले, राप्रपा र विजय कुमारजीको पार्टीका समेत समर्थनमा तपाई प्रधानमन्त्री बन्नुस अनि चुनावमार्फत संविधान कार्यान्वयन गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुस’ ओलीले देउवालाई भनेका थिए । तर देउवाले भने तत्काल प्रचण्डलाई धोका दिन नसक्ने बालुवाटारको बिफ्रिङमा बताएका थिए । नेम्वाङले थाले छलफल सरकार ढाल्नका लागि कांग्रेस लगायतका नेतासँग छलफल गर्ने जिम्मेवारी पाएका एमाले संसदीय दलका उपनेता नेम्वाङले सरकार ढाल्नका लागि कांग्रेस र राप्रपाका नेतासँग छलफल गरेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र राप्रपा नेतासँग आफूले छलफल गरेको नेता नेम्वाङले खबर डबलीलाई जानकारी दिए । यद्यपी उनले आफ्नो पार्टीलाई सत्ताको लोभ नभएको बताए । नेता नेम्वाङले सरकार ढाल्नकै लागि पार्टीले समिति नबनाएको समेत जिकिर गरे । तर उनी नेतृत्वको समितिले केही सातादेखि लगातार वार्ता गरिररहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies