Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

देउवाको यस्तो पो रहेछ दाउ

काठमाडौं, २६ माघ । ‘संविधान संशोधनपछि मात्रै चुनाव’ भनी कांग्रेसले मधेसी मोर्चासँग आइतबार गरेको कबोललाई बाहिर जसरी लिइएको छ, भित्रको हिसाब भने फरक रहेछ । जनआस्था साप्ताहिकमा खबर छ– सोमबार सानेपास्थित कांग्रेस मुख्यालयमा देउवापक्षीय नेताहरुको एउटा हुलले सभापतिलार्य घेर्यो । नेपाल राष्ट्रिय मगर संघको प्रशिक्षणपछि समय निकालेर पालैपाले विभिन्न समूहसँग भेट गर्ने क्रममा देउवाले गुटका केही मध्यमस्तरीय नेतासँग भने, ‘कुरा बुझ्नुपर्छ नि !’ संसदमा संविधान संशोधन प्रसताव टेबुल भएछ नै भने पनि पारित नहुने निश्चितजस्तै छ । तर, मधेसी मोर्चालाई पारित हुने र नहुनेसँग होइन, टेबुल गर्ने कुराको मात्रै सरोकार छ । ‘यही कुरा पहिल्यै गरेको भए पनि हुन्थ्यो,’ उनले सुनाए, ‘तर, अब जे गर्ने हो, गरिहाल्नुपर्ने भयो ।’ अर्थात्, चुनाव गराउने कुरामा मधेसी मोर्चालाई सरकार बाहिर राख्नुको अर्थ हुँदैन । त्यसैले मोर्चासहितको सरकार गठनमा अगैसर हुने बेला भएका कारण उनीहरुको मागसँग कांग्रेसले सहमति जनाएको हो । सोमबार सदनको कारवाही १६ दिनका लागि स्थगित गरिएको सूचना आउनुअघि नै देउवाले सानेपामा भनिसकेका थिए, ‘अब हप्ता दशदिन गयो भने जेठ १ मा चुनाव हुने कुरा सकियो । अर्को एक हप्ता सारेपछि जेठ २१ मा चुनाव हुने कुरा पनि सकिन्छ ।’ ‘तर, यसो गर्दा कांग्रेसलाई फाइदा के हुन्छ त ?’ दलित समुदायको जिज्ञासामा देउवाले भने, ‘प्रचण्ड त चुनाव गराउनै चाहँदैनन् । उनीहरुको कुार स्पष्ट छ । त्यसैले मधेसी मोर्चासँग पहिला संशोधनमा जाने र त्यसपछि चुनावमा जाने भन्यो भने हामीलाई सजिलो हुन्छ । हाम्रो सरकार बन्न सक्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: