Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

एक महिनामै यस्तो बन्यो मुसहर बस्ती (भिडियोसहित)

\"\"काठमाडौं, २५ माघ ।  महोत्तरीको बर्दिवासमा मुसहर एकिकृत बस्ती निर्माण एक महिनामा ३० प्रतिशत काम सकिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको जनाएको छ । एक महिना अघि नेपालका चर्चित हास्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्धारा शिलान्यास गरिएको बर्दिबास स्थीत नमुना मुसहर बस्तीमा ३० प्रतिशत भन्दा बढि काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले खबरडबलीलाई जानकारी दिए । \"\" एक महिनामै ३० प्रतिशत भन्दा बढि काम सकिएको छ परियोजनाका संयोजक न्यौपानेले भने यहि गतिमा काम भए हामिले छिट्टै काम सम्पन्न गर्न सक्छौ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको मुसहर बस्ती सोचे अनुरुप भन्दा छिट्टै काम भईरहेको छ । १५ दिनमै १५ प्रतिशत भन्दा बढि काम सकिएको मुसहर बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भईसकेको बताईएको छ । मुसहर बासीहरुले पनि बस्ती निर्मँणमा साथ दिईरहेको बताउने न्यौपानेले सबैको साथ र सहयोगले सोचे भन्दा छिटो काम अगाडी बढिरहेको जानकारी दिए । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ’ उनले भने ‘अब हामिले बस्ती पाउछौ भनेर दिनरात बस्ती निर्माणमा खटिएका छन्’ । \"\" र यो पनि अष्ट्रेलियाबाट ६५ लाख लिएर फर्किए धुर्मुस सुन्तली उता एकिकृत नमु्ना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका जोडि सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली आजै नेपाल फर्कदै छन् । अष्ट्रेलियाका बिभिन्न सहरमा आयोजित कार्यक्रममा मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गरेर यो जोडि नेपाल फर्किन लागेका छन् । अष्ट्रेलियामा गज्जबको ईभेन्ट्सद्धारा आयोजना गरिएको धुर्मुस सुन्तली साँझ र अन्य सहयोगी मनहरुबाट धुर्मुस सुन्तलीले ६५ लाख सहयोग संकलन गरेका छन् । \"\" गज्जबको इभेन्ट्सका आयोजक प्रदिप चापागांईले जानकारी दिए अनुसार अष्ट्रेलियाको पहिलो कार्यक्रम धुर्मुस सुन्तली सांझबाट २५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ भने एडिलेटबाट १५ हजार, मेलवर्नबाट २३ हजार, ब्रिसबेनबाट १९ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ । अष्ट्रेलियाका बिभिन्न कार्यक्रमहरुबाट जम्मा ६५ लाख नेपाली सहयोग रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । ‘हामिलाई छिटो भन्दा छिटो सहयोग संकलन गर्नुपर्ने छ’ उनले भने ‘सबैको साथ र सहयोगले बस्ती निर्माणमा हौसला बढेको छ’ । \"\" धुर्मुस सुन्तली फाउण्डेसनलाई बस्ती निर्माणका लागि बिभिन्न संघ संस्था तथा ब्यत्तिगत रुपमा सहयोग गर्ने सहयोगी मनहरु बढिरहेको फाउण्डेसनका लेखा अधिकृत सरोज खत्रीले बताएका छन् । यसअघि फाउण्डेसनले सिन्धुपाल्चोक र काभ्रेका भूकम्प पीडितहरुलाई एकिकृत नमुना बस्ती निर्माण गरेर सहयोग गरेका थिए । (तस्वीर भिडियो साैजन्यः धुर्मुस सुन्तली फाउण्डेसन)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending