Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

बिप्लव महाधिवेशनको हाउगुजी

\"\"काठमाडौं, २५ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको महाधिवेशन आगामी फागुन १ गतेदेखि शुरु हुँदैछ । माओवादी जनयुद्धको २१ औं वार्षिक उत्सवका दिन पारेर विप्लव माओवादीको महाधिवेशनको उद्घाटन गरिँदैछ । फागुन १ को लगन छोपेर महाधिवेशनको उद्घाटन गरिने भए पनि बन्दसत्र भने त्यसको झण्डै एक सातापछि गरिँदैछ । तत्कालिन एकीकृत नेकपा माओवादीबाट मोहन वैद्य किरणसँगै छुट्टिएर ड्यास माओवादी बनाएको दुई वर्ष नपुग्दै विप्लवले वैद्यबाट पनि अलग भई आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट क्रान्ति नहुने भन्दै अलग पार्टी बनाए पनि वैद्यबाट पनि तत्काल क्रान्ति हुने नदेखेको भन्दै विप्लवले छुट्टै पार्टी बनाए । तर विप्लवले छुट्टै पार्टी बनाए पनि क्रान्तिको उद्घोष भने गरिसकेका छैनन् । बरु क्रान्तिको तयारी गरेको भन्दै त्रासदी फैलाएर आर्थिक अभियानमा जुटेको आरोप विप्लवमाथि लाग्ने गरेको छ । पछिल्लो समेत माओवादी एकतामा जोड दिँदै केही पक्षबीच एकता नेकपा (माओवादी केन्द्र) बनेपछि विप्लव आफूलाई निकै क्रान्तिकारी भएको दाबी गर्ने गरेका छन् । त्यसैले उनले माओवादी ध्रुवीकरण भन्दै प्रचण्डले कारबाही गरेपछि छुट्टै पार्टी बनाएका हेमन्तप्रकाश ओलीलाई पनि आफ्नो पार्टीमा प्रवेश गराएका छन् । प्रचण्ड माओवादीबाट अलग भएका वैद्य र विप्लवले एक अर्कामाथि चर्को आरोप प्रत्यारोप भने गरेका छैनन् । तर एकले अर्कालाई कमजोर आँकलन गर्दै घोँचपेच भने गरि नै रहन्छन् । माओवादी एकतापछि वैद्य–विप्लव दुवैले प्रचण्ड माओवादीलाई ‘दक्षिणपन्थी हावाहुरी’ भन्दै संयुक्त वक्तब्य नै निकालेर आरोप लगाएका थिए । पछिल्लो समय राष्ट्रियताको आन्दोलन चर्काउन भन्दै वैद्य, विप्लव र मोहनविक्रम सिंहले कार्यगत एकताको घोषणा पनि गरे । तर उनीहरुले अप्पर कर्णाली लगायतका राष्ट्रियताको मुद्दाबाहेक अन्य मुद्दामा कार्यगत एकता नहुने उनीहरुले नै प्रष्ट पारिसकेका छन् । राष्ट्रियतामा एक भएको भन्दै कार्यगत एकताको घोषणा गरेका वैद्यले एकीकृत क्रान्ति भनेर अस्पष्ट कायदिशा ल्याएको र विप्लवको राजावादीसँग साँठगाँठ रहेको संगीन आरोप नै लगाएका छन् । विप्लवले भने वैद्यलाई मोहनविक्रम पथ भनी ब्यङग्य गर्ने गरेका छन् । यहिबीचमा महाधिवेशनको गर्ने तरखरमा रहेका विप्लव काठमाडौंको खुलामञ्चबाट महाधिवेशनको उद्घाटन गरेर बन्दसत्र गर्न रोल्पाको थवाङ पुग्ने भएका छन् । फेरि जनयुद्ध गर्ने हुँकार दिँदै आएका विप्लवले काठमाडौंको रत्नपार्कबाट आफ्नो छुट्टै जनसरकार घोषणा गरेका थिए । जनपरिषद् नाम दिएर सन्तोष बुढामगरको नेतृत्वमा जनसरकार घोषणा गर्नुका साथै राजधानीमै निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीदेखि केही सरकारी अधिकारीमाथि आक्रमण र कालोमोसो दल्नुका साथै केही ब्यक्तिको जग्गामा झण्डा गाडेर विप्लव माओवादीले विभिन्न उट्पट्याङहरु पनि गर्दै आएको छ । विप्लव माओवादीले आगामी महाधिवेशनबाट पनि शान्तिपूर्ण कार्यक्रमलाई नै पहिलो प्राथमिकताका साथ अघि बढाउने स्पष्ट गरेका छन् । तर काठमाडौंमा उद्घाटन गरेर माओवादी जनयुद्धको उद्गम थलो मानिने रोल्पाको थवाङमा बन्दसत्र गरेर एक किसिमको ‘हाउगुजी’ सिर्जना गर्ने नीति अख्तियार गरेको छ । उनीहरूले अाफूहरू जनयुद्धमा जान लागेको र त्यसको तयारीमा रहेको भनी अाम जनतामा पनि दिग्भ्रमित पार्ने र अन्य राजनीतिक दल र सरकारलार्इ अातंकित बनाउने रणनीति अघि सारेका छन् । तत्काल जययुद्धमा जाने कुरा नभए पनि विप्लवले वैद्यसँगै हुँदा दोस्रो संविधानसभाको चुनावमा जस्तै महाधिवेशनले अागामी निर्वाचन पनि बहिष्कारको नीति नीति तय गर्ने विप्लव निकट स्रोतको भनाइ छ । वैद्यसँगै हुँदा पनि सशस्त्र बहिष्कार गर्ने निर्णय वैद्यले कार्यान्वयन नगरी आफूहरुलाई समेत सशस्त्र प्रतिरोध गर्नबाट रोकेको विप्लव माओवादीको आरोप छ । थवाङमा बन्दसत्र गरिएपछि पार्टीको गोप्य दस्तावेजहरु पनि ‘लिक’ नहुने र मिडियाबाट जोगिन सकिने उनीहरुको बुझाइ छ । यो पनि पढ्नुस् यस्तो बनायो विप्लब माओवादीले थवाङमा १ करोडको हल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending