Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

५४ वर्षदेखि भारतमा थुनिएका चिनियाँ सैनिक घर फर्किने आशामा

\"\" भारतमा गएको ५४ वर्षदेखि फसेका चिनियाँ सैनिक वाङ छीले छिट्टै नै आफू चीन जान सक्ने आशा ब्यक्त गरेका छन् । चिनिया दूतावासका अधिकारीले वाङ छीसँग भेट गरी उनलाई मद्दत गर्ने विश्वास दिलाएका छन् । भारत–चीन लडाईँको दौरानमा वाङ बाटो बिराएर भारत पुगेका थिए । त्यतिबेला नै उनी भारतमा गिरफ्तारीमा परे । पक्राउ परेपछि उनले पूरा सजायँ पनि भोेगे । तर पनि उनी चीन फर्किन सकेनन् । भारतले ‘एक्जिट भिसा’ नदिएका कारण उनी चीन जान सकेनन् । उनी भारतमै भारतीय नागरिकसँग नयाँ घरजम बसाए । ५४ वर्षदेखि भारतमा गुमनाम पारिएका वाङलाई बीबीसीले सार्वजनिक गरिदिएपछि चिनिया अधिकारीहरुले चासो बढाए । चिनियाँ दूतावासका अधिकारीले आफ्नो खोजखबरका लागि र आफ्नो बारेमा बुझ्न आफ्नो घर आएको वाङ बताउँछन् । भारत सरकारले चीन जाने अनुमति दिएमा र त्यससँग सम्बन्धित कागजपत्र दिएमा आफू चीन जान सक्ने बताउँछन् । उनले आफू छिट्टै नै चीन जाने आशा ब्यक्त गरेका छन् । चिनिया दूतावासका काउन्सिलर यान शियाओचे जब वाङलाई भेट्न उनको घर गएका थिए, उनका साथमा दूतावासका अरु कर्मचारी तथा चिनियाँ मिडियाका केही पत्रकार पनि थिए । उनीहरुले वाङको परिवारलाई भेट गरी उनीहरुको साथमा फोटो पनि खिचाएका छन् । शियाओचेले भारत र चीनबीच अत्यन्त राम्रो सम्बन्ध रहेकाले दुवै देश मिलेर यो समस्या समाधान गर्ने बताएको बीबीसीले जनाएको छ । चिनियाँ दूतावासका अधिकारीहरु वाङ बसेको घरमा पुग्दा उनका छिमेकीहरु पनि जम्मा भए र उनीहरुले खुशी ब्यक्त गरे । चीनले लामो समयपछि वाङको खोजी गरेकोमा खुशी ब्यक्त गरे । त्याहाँ विभिन्न किसिमको अफवाह पनि फैलिएको छ । केहीले वाङलाई लाखौं रुपैयाँ प्राप्त भएको र बाँकी जीवन खुशीसाथ बिताउने बताए । लामो समयसम्म पनि वाङको हेरविचार गरेको भन्दै चिनिया दूतावासका काउन्सिलर शियाओचेले छिमेकीलाई पनि धन्यवाद दिए । \"\" कसरी फसे वाङ ? ७७ वर्षका वाङ चीनको शियानयाङ शहरमा जन्मिएका थिए । ५४ वर्षअघिदेखि भारतमा फसेका उनको जीवन कुनै उपन्यास वा फिल्मको भन्दा कम छैन । केही दिनअघि वाङले आफ्नो वास्ताविकता खुलासा गरेका थिए । सन् १९६३ मा उनको भाग्य सधैका लागि बदलियो । भारत चीन युद्धका क्रममा पहाडी जंगलबाट बाटो बिराएर भारतको अरुणाञ्चलस्थित तवांङ इलाका आइपुगे । उनले भारतीय रेडक्रसको गाडी भेटाए र तर उनीहरुले वाङलाई प्रहरीमा लगेर सुम्पिदियो । भारतीय अधिकारीले उनलाई गैरकानूनी तरिकाले भारत परेको आरोप लगाए । वाङकाअनुसार उनी सेनामा भर्ती भएको दुई वर्षभित्रै अक्टुबर १९६२ मा भारत तथा चीनकाबीच लडाईँ शुरु भयो । त्यतिबेला नै उनी भारतमा फसेका हुन् । वाङलाई भारतीय प्रहरीले पक्राउ गरेपछि युद्धबन्दी बनाएर राख्यो । पक्राउ गरेपछि उनलाई दिसपुर आर्मी क्याम्प र त्यसपछि दिल्ली पठाइयो । तीन वर्षसम्म उनलाई मेरठ तथा अममेरको जेलमा राखिएको थियो । विदेशी भूमि, अलग भाषा तथा दुश्मनको देशका सैनिक भएको नाताले वाङले सबै पीडा खेपे । चण्डीगढ उच्च अदालतले आफूविरुद्धको मुद्दा फैसला गर्दै रिहा पनि गरिदियो । सन् १९६९ मा उनलाई तिरोडी जेलबाट छाडिएको थियो । त्यसपछि उनले त्यही बस्दा बस्दै टुटेफुटेको हिन्दी भाषा पनि सिके । उनले तिरोडीकै कम्पनी रोडस्थित मारवाडीको गहुँ पिस्ने पसलमा काम गरे । त्यहीका मालिकले उनलाई राजबहादुर भन्ने नाम राखिदिए । उनले एक हप्तामै काम सिके । त्यसपछि उनी झुपडीमा बस्न थाले । उनी जिविकोपार्जनका लागि इमान्दारीपूर्वक काम गर्न थाले । ५० किलोमिटर साइकल चलाएर उनी बालाघाटसम्म पुग्ने गर्थे । उनले गाई पनि पाले । दूध बेचेर उनले गुजारा चलाए । पैसा बचाएर पसल खोले । कैयौं पटक प्रहरीसँग झगडा भएकोसमेत उनी सम्झिन्छन् । त्यो गाउँमा उनी एक्लै बस्दथे । त्यसैले गाउँलेहरुले उनलाई विवाह गर्न दबाब दिए । उनलाई इशाइ धर्म मान्ने केटी मन पराए । तर धर्मले दिएन । आखिरमा सन् १९७५ मा एक गरिब युवतीसँग उनलाई गाउँलेले जबर्जस्ती विवाह गरिदिए । दुवै जनाले एकले अर्काको भाषा बुझ्दैनथे । त्यसपछि विस्तारै उनीहरुमा बानी पर्न लाग्यो । आज उनी आफ्नो दुई छोरी, छोरा, श्रीमती, नाती नातिनाका साथ ठूलो परिवारमा रहेका छन् । त्यसैलाई उनले आफ्नो जीवनको सहारा मानेका छन् । (बीबीसीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending