Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राप्रपामा बुढीहरू लखेटिए, सुन्दरीलाई अवसर

\"\"काठमाडौं, २४ माघ । आगामी फागुन ६ गतेदेखि राजधानी काठमाडौंमा हुन गइरहेको राप्रपाको एकता महाधिवेशनका लागि करिब ८० प्रतिशत प्रतिनिधि छनोट भइसकेका छन् । माघ २१ र २२ गते सम्पन्न क्षेत्रीय अधिवेशनद्वारा ८० प्रतिशत प्रतिनिधि छनोट भइसकेका हुन् । बाँकी २० प्रतिशत प्रतिनिधि २५ गते हुने जिल्ला अधिवेशन तथा भ्रातृसंस्थाबाट छानिने छन् भने केही प्रतिनिधि मनोनीत हुनेछन् । तरुण साप्ताहिकमा खबर छ– अध्यक्ष पदका तीनजना दाबेदारहरू पशुपतिशमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीमध्ये कसको पक्षका प्रतिनिधि धेरै आएका छन् ? भन्ने जोडघटाउ सुरु भएको छ । राप्रपाका केन्द्रीय सदस्य बसन्तमानसिंह अधिकारीले भने– ‘७५ प्रतिशत प्रतिनिधिहरू राप्रपा नेपालको पृष्ठभूमि भएका छन्, तर उनीहरू सबैले कमल थापालाई समर्थन गर्ने अवस्था छैन, डा. लोहनीले पनि ती भोट लैजाने सम्भावना छ ।’ अर्का केन्द्रीय सदस्य महेश्वर रोकायले सर्सती हेर्दा राप्रपाको पृष्ठभूमि भएका ५५ र राप्रपा नेपालको पृष्ठभूमि भएका ४५ प्रतिशत प्रतिनिधि निर्वाचत भएको बताए । ‘२५ गते सबै जिल्ला अधिवेशन सकिएपछि तस्बिर क्लियर हुनेछ, अहिले हेर्दा पहाडमा राप्रपा नेपाल र तराईमा राप्रपाको वर्चश्व देखिएको छ,’ उनले भने । समाचार स्रोतका अनुसार पहाडी जिल्लामा राप्रपाको पृष्ठभूमि भएकालाई गणतन्त्रवादीको आरोप लगाउँदै लखेटिएको छ । यस्तो लखेटाईमा तनहुँकी केन्द्रीय सदस्य दुर्गा श्रेष्ठ र लमजुङ जिल्लाकी केन्द्रीय सदस्य विन्दु पहाडी परेका छन् । उनीहरूलाई राप्रपा नेपालको पृष्ठभूमि भएकाहरूले लखेटेका हुन् । शाही शासनकालमा मन्त्रीसमेत रहेकी दुर्गा श्रेष्ठले वडामै हारिन् भने तनहुँ जिल्ला अध्यक्ष रहेका उनको श्रीमान् रेशमबहादुर श्रेष्ठले क्षेत्रीय अधिवेशनमा चुनाव हारे । तनहुँ जिल्लाबाट शतप्रतिशत बाजी राप्रपा नेपालले मारेको छ । तनहुँ कमल थापाको पुख्र्यौली थलो पनि हो । यसैगरी, लमजुङमा पनि राप्रपा नेपालले एकलौटी बनाएको छ । राप्रपाको पृष्ठभूमि भएकी विन्दु पहाडी आफ्नो गृहजिल्ला लमजुङ जान सकिनन् । उनी बलराम थापा नाम गरेका एकजना म्यानपावर व्यवसायीको सहयोग लिएर नवलपरासीबाट प्रतिनिधि बनिन् । राप्रपा नेपालका गोविन्द खनियाँ यसपटक लमजुङ नै गएर प्रतिनिधि बने । प्रतिनिधिहरूको जोडघटाउका आधारमा रणनीति तय गर्ने अभियानमा राणा, थापा र लोहनी जुटेका छन् । आफ्नो अवस्था कमजोर रहे अध्यक्ष पद अर्कालाई छाडेर अन्य पदका लागि बार्गेनिङ गर्ने रणनीतिमा तीनैजना छन् । आफूले चुनाव जित्न नसक्ने परिस्थिति आए छोरीलाई स्थापित गर्ने सर्त राणाले अघि सार्ने भएका छन् । यसका लागि राणाले छोरी देवयानीलाई दोलखाबाट महाधिवेशन प्रतिनिधि बनाइसकेका छन् । आफूले जित्ने सम्भावना रहेसम्म मरिमेटेर लाग्ने, तर केही सिप नलाग्ने अवस्थामा डा.लोहनी र कमल थापामध्ये कसलाई सहयोग गर्दा आफ्नी छोरीको राजनीतिक भविष्य सुनिश्चित हुन्छ, त्यसै गर्ने रणनीति राणाको छ । तत्कालीन युवराज दीपेन्द्र शाहसँग नाम जोडिएकी देवयानीको विवाह भारतीयमूलका रसियन नागरिकसँग भइसकेको छ । तर कागजी रूपमा डिभोर्स गराएर देवयानीलाई नेपालकै राजनीतिमा स्थापित गराउने योजना राणाको छ । यसैगरी, राजावादीहरूको भोट दुईतिर बाँडिदा राणाले जित्नसक्ने भन्दै डा.लोहनी र कमल थापा एक ठाउँमा उभने प्रयासमा छन् । यसका लागि थापाले डा.लोहनीलाई फकाई फुल्याई गर्दैछन् । २५ गते हुने जिल्ला अधिवेशनमा अध्यक्ष थापा आफ्नो गृहजिल्ला मकवानपुर नगएर डा।लोहनीको गृहजिल्ला नुवाकोट जाँदैछन् । केन्द्रीयस्तरका प्रायः सबै नेताहरूले आफ्ना छोराछोरी, श्रीमान्, श्रीमतीलाई प्रतिनिधि बनाएर ल्याएका छन् । राणाले छोरी देवयानीलाई आफूले चुनाव लड्ने जिल्ला सिन्धुपाल्चोकबाट प्रतिनिधि नबनाएर किन दोलखाबाट बनाए ? भन्ने चर्चा पनि त्यत्तिकै चलेको छ । समाचार स्रोतका अनुसार नेपाली सेनासँग राम्रो हिमचिम भएका सोभियत उप्रेतीलाई नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङको नजिक रहने गरी फिट गरिएको थियो । भीमबहादुरको निधनपछि काजफिर्ता भएका तिनै उपे्रतीलाई प्रयोग गरेर राणाले छोरी देवयानीलाई दोलखा पठाएका हुन् । त्यसबाहेक, फिल्मी अभिनेतृ रेखा थापा, लोक गायिका कोमल वली, ‘समाजसेवी’ दीपक मनांगेलगायतको ठूलो समूह महाधिवेशन प्रतिनिधि बनेर आएको छ । उनीहरू सबैको न्यूनतम माग भनेको केन्द्रीय सदस्य हो । कोमल ओलीले त आफूलाई केन्द्रीय सदस्य र दाजु यमेन्द्र ओलीलाई दाङ जिल्ला अध्यक्षको माग गरेकी छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: