Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

युएईमा पनि ओलीको फिल्म सुटिङ

युएइ, २४ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अभिनित सिनेमा युएईको अबुधाबीमा पनि छायाँकन गरिएको छ । एमाले अध्यक्ष ओलीको जीवनीमा आधारित भएर उनी स्वयम प्रमुख पात्र भएर बनाउने भनिएको ‘रातो सुर्य’ नामक सिनेमाको छायाँकन अबुधाबीमा पनि गरिएको छ । यसअघि नेपालका बिभिन्न स्थानमा फिल्मकै लागि केपी ओलीलाई राष्ट्रबादी चरित्रको देखाउँदै खरो भाषण गरेको छायाँकन गरिएको खुलासा भएसँगै विदेशी भूमीमा पनि त्यसको छायाँकन गरिएको जनाइएको छ । \"\"गत शुक्रबार नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चको दोश्रो वार्षिक भेलामा एमाले केन्द्रीय सचिब तथा पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीको उपस्थितिमा एमालेका निश्क्रिय रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराईएको थियो । युएईमा रहेर सकृय राजनितीमा नरहेका तर एमालेका कटिबद्द कार्यकर्ताहरुलाई उक्त कार्यक्रममा पार्टी प्रवेश गराईएको हो । केपी ओलीलाई विदेशमा पनि राष्ट्रवादी नेता भनी लहर छाएको सन्देश र दृष्यको छायाँकनको लागि उक्त नाटक गर्नु परेको जानकारहरु बताउँछन । पार्टी प्रवेश गर्नेहरुको तर्फबाट युएईमा रहेर साहित्य र पत्रकारितामा कलम चलाऊने जे सागरले आफ्नो कुरा राखेका थिए । [caption id=\"attachment_116220\" align=\"alignleft\" width=\"750\"] प्रधानमन्त्री हुँदा जे सागरलार्इ दशैंको टिका लगाइदिँदै केपी अाेली[/caption] एमाले सम्बद्ध सागरले आफुले किन एमालेमा प्रबेश गरेको भन्दै नवप्रवेशीको तर्फबाट स्पष्टिकरण दिएका थिए । कार्यक्रममा बोल्दै उनले भने, ‘म राजनीतिको विद्यार्थी हैन, मैले माक्र्सवाद, लेनिनवाद र माओवादका ठुला ठुला ठेलीहरु पढेको छैन, प्रचन्डपथ पनि थाहा छैन तर केपी ओली मन परेर एमालेमा प्रवेश गरेको हुँ ।’ सागरले मन्तब्य राखेपछि मात्रै आफ्नो मन्तब्य पनि फिल्म सुटिङका लागि भन्ने थाहा पाएका थिए । रातो सुर्यमा ओलीलाई राजनेताको रुपमा प्रस्तुत गर्दै विदेशमा पनि एमाले प्रबेश गर्ने लहर चलेको दृष्य रहेको बताईएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: