Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

तस्करको सेटिङमा काम गर्थे एसएसपी खत्री

\"\"काठमाडौं, २४ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको पुष्टि भएपछि सीआईबीले खत्रीलाई आइतबार प्रहरी मुख्यालयबाटै पक्राउ गरेको हो । ब्युरोले यसअघि पक्राउ गरेका विमानस्थल भन्सार कार्यालयका अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकालको बयानका आधारमा खत्रीलाई पक्राउ गरेको स्रोतले बताएको छ । भन्सार अधिकृत यादव र खत्रीबीच लामो समयदेखि दुबईबाट आउने सुन कसरी बाहिर लैजाने भन्नेबारे दिनहुँजसो कुराकानी हुने गरेको थियो । दुबईबाट सुन आउनेबारे खत्री र यादवलाई पहिल्यै जानकारी भएको स्रोतले बताएको छ । विमानस्थलमा आएको सुन बिनाअवरोध बाहिर ल्याउनेबारे उनीहरूबीच पटकपटक छलफल हुने गरेको अनुसन्धानले देखाएको छ । उनीहरूले आफ्नो मोबाइलबाट हत्पती कसैसँग कुरा नगर्ने भन्दै धेरैजसो ‘भाइबर\' बाट कुरा गर्थे । तस्करले गराएको सेटिङअनुसार नै दुवैजनाले काम गर्दै आएका थिए । पुस २० गते बेलुका आएको सुन विमानस्थलमै रहेपछि खत्री र यादवले गोप्य ढंगले सुन भएको सुटकेसको निगरानी गरेको स्रोतले बताएको छ । यादवले भन्सार कार्यालयका अन्य कर्मचारीलाई सेटिङ गराएका थिए । ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सुन प्रकरणमा एसएसपी खत्रीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए । सिलवालले भने, ‘उनीहरूको थप कनेक्सनबारे अनुसन्धान भइरहेको छ । छिट्टै टुंगोमा पुग्छौं ।\' खत्री विमानस्थल गएदेखि नै प्रहरी मुख्यालयको निगरानीमा थिए । उनको शंकास्पद गतिविधि बढेपछि सीआईबीले निगरानी बढाएको थियो तर यथेष्ट प्रमाण भेटिसकेको थिएन । पुस २१ को सुन तस्करी प्रकरणमा खत्रीको संलग्नता देखिएपछि सीआईबीलाई उनीमाथि अनुसन्धान गर्न सहज भएको स्रोतले बताएको छ । त्यही घटनाले खत्री सुन तस्करीमा संलग्न हुँदै आएको पुष्टि गरेको छ । सुन तस्करको समूहले नै भन्सारका कर्मचारी र खत्रीबीच चिनजान र सेटिङ गराइदिएको स्रोतले बताएको छ । विमानस्थलबाट सुन बाहिरिएको दिन पुस २१ गते खत्री विमानस्थलमै थिए । एसएसपी खत्री विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकृत हुन् । विमानस्थल सुरक्षा प्रमुखमा डीआईजी गोविन्द निरौला छन् । खत्री सुन तस्करीमा संलग्न भएको भन्दै यसअघि नै पटकपटक उजुरीसमेत परेपछि मुख्यालयले उनीमाथि छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । सीआईबीले त्यसबेला यथेष्ट प्रमाण नपाएपछि तत्कालका लागि अनुसन्धान रोकेको थियो । पुस २१ मा विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको घटनामा छानबिन गर्दा खत्रीको संलग्नता देखिएपछि ब्युरोले उनीमाथि पुनः अनुसन्धान थालेको थियो । सुन तस्करलाई सहयोग गरेको आशंकामा माघ ३ गते खत्रीलाई प्रहरी मुख्यालयले विमानस्थलबाट फिर्ता बोलाएको थियो । प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी\' (सेक्युरिटिज ल्याप्सेज) भएको भन्दै खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको थियो । प्रहरी मुख्यालय फिर्ता बोलाएपछि ब्युरोले खत्रीको संलग्नताबारे थप अनुसन्धान गरेको हो । ब्युरोले एक्स रे मेसिनले शंकास्पद वस्तु देखाए पनि त्यसलाई बेवास्ता गर्दै सेटिङमा सुन पास गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतहरू यादव र राजकुमार ढकाललाई पक्राउ गरेपछि सुन तस्करी प्रकरणबारे थप रहस्य खुलेको थियो । एसएसपी खत्रीले भन्सार अधिकृत यादवसँग लामो समयसम्म शंकास्पद कुराकानी गरेको अनुसन्धानले देखाएपछि प्रहरी मुख्यालयले उनलाई फिर्ता बोलाएको थियो । खत्री र यादवबीचको सम्बन्ध सौहाद्र्रपूर्ण रहेको र दुवैजनाले विमानस्थलबाट सुन बाहिर लैजान तस्करलाई सघाएको स्रोतको दाबी छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार कटाएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको थियो । ब्युरोकी एसपी मीरा चौधरीको नेतृत्वमा रहेको टोलीले ३३ किलो सुनसहित तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो । ब्युरोले आफ्नो प्रतिष्ठाको विषय बनाई उक्त सुन तस्करी प्रकरणलाई गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ । ब्युरोले ३३ किलो सुनसहित नेपालगन्जका गोपालबहादुर शाही, मोरङ पथरी ८ का दिलबन्धु थापा र दुबईमै काम गर्दै आएका जनकपुर १२ का सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: