Khabar Dabali २५ मंसिर २०८१ मंगलवार | 10th December, 2024 Tue
Investment bank

कद माथि उचाल्न राष्ट्रवादी कदम चाल्दै प्रचण्ड

\"\"काठमाडौं, २१ माघ । देश विखण्डनको अभिब्यक्ति लिएका सीके राउतलाई माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले तत्काल नछाड्ने भएको छ । माओवादी स्रोतकाअनुसार ठूलो दबाब झेल्दै प्रधानमन्त्री प्रचण्डले राउतलाई पक्राउ गर्न निर्देशन दिएका थिए । देश विखण्डनको अभियान चलाउँदै मधेसमा आगो सल्काउँदै गएका सीकेलाई फेरि पनि छाडिएमा प्रचण्ड आलोचित हुने भएकाले पनि उनले आफू प्रधानमन्त्री हुन्जेल नछाड्ने संकल्प नै गरेका छन् । कथंकदाचित सीकेलाई छाडिएमा प्रमुख प्रतिपक्षी दल एमालेले अर्को आरोप लगाउने डर प्रचण्डलाई छ । मधेसीलाई समेत संविधानमा स्वीकार्यता बढाउने भन्दै भन्दै प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन अघि सारेपछि एमाले लगायत विपक्षी समूहले प्रचण्डलाई भारतसँगको ‘लम्पसारवाद’ भन्ने आरोप लगाइरहेका छन् । ‘प्रचण्ड भारतकै निर्देशनमा चलेका राउतलाई पक्राउ गर्ने काम देखावटी भएको भन्दै एमाले पंक्तिले प्रचार थालेको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘सीकेलाई ठीक पार्न सकेमा प्रचण्डको उचाई पनि ओलीजस्तै हुनेछ भने एमालेले विरोध गर्ने ठाउँ पाउने छैनन् ।’ अहिले एमालेले अध्यक्ष केपी ओलीलाई ‘राजनेता’को पगरी गुथाउन थालेका छन् । प्रधानमन्त्री प्रचण्ड पनि आफ्नो कद ओली भन्दा माथि उचाल्नका लागि केही राष्ट्रवादी कदम चाल्नै पर्ने निश्कर्षमा प्रचण्ड पुगेको सम्बद्ध स्रोतको भनाइ छ । संविधान जारी गर्नेबेलामा भारतको विरोधका बावजुद पनि संविधान जारी गर्नका लागि माओवादी अध्यक्ष प्रचण्डले नै पहलकद्मी लिएका थिए । अब संविधान कार्यान्वयनका सन्दर्भमा पनि कार्यान्वयन हुन नदिन जेठमा चुनाव हुनै नदिने प्रयत्न गरिरहेको भन्दै प्रमुख तीन दल फेरि एक ठाउँमा उभिने सम्भावना प्रवल रहेको छ । गत असोज ३ गते संविधान जारी गर्न नदिएर पछाडि सार्न भारतले निकै दबाब दिएको थियो । त्यसका बाबजुद तीन दलले संविधान जारी गरेका थिए । अहिले पुनः जेठमा निर्वाचन हुन नदिन भारतले चर्को दबाब दिइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy