Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

सीके राउतलाई दश दिन हिरासतमा राख्न अदालतको आदेश

\"\"काठमाडौं, २१ माघ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत सिरहाले राउतलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने समय दिएको हो । राज्य विरुद्धको संगठित अपराधमा बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई शुक्रबार जिल्ला अदालतमै उपस्थित गराइएको थियो । संगठित अपराध अन्तर्गतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । सोही अनुसार राज्य विरुद्धको संगठित अपराध (राज्य विप्लव) मा मुद्दा चलाउन प्रहरीले अनुसन्धानका लागि पहिले १० दिनको म्याद पाएको छ । प्रहरीको सोधपुछका क्रममा उनले मधेसमा छुट्टै राज्यका लागि अभियान चलाएको स्वीकार गरेका थिए । मधेसका लागि अलग संविधान र झण्डा बनाएको तथा किताब लेखेको पनि उनले प्रहरी समक्ष स्वीकार गरेका थिए र विशेष अदालतमा बयान फेरेपछि उनले सफाइ पाएका थिए । अहिले भने प्रहरीले उनको भाषणको टेपदेखि यथेस्ट प्रमाण जुटाएर कारबाही गर्ने प्रहरीको तयारी छ । मधेसमा ‘स्वतन्त्र मधेस’ अभियान चलाएर मुलुक विखण्डन गर्न खोजेको भन्दै राउतलाई यसअघि २०७१ भदौमा पक्राउ गरी विशेष अदालतमा मुद्दा चलाएको थियो । त्यतिबेला उनी ५० हजार धरौटीमा रिहा भएका थिए । २०७२ वैशाख १० गतेको विशेष अदालतले उनलाई सफाइ दिएको थियो । अदालतबाट रिहा भएलगत्तै उनले फेरि छुट्टै मधेसका लागि अभियान चलाउँदै आएका थिए । उनले दुई साताअघि सिरहाको लाहानमा आमसभा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending