Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न नसके सरकारको आयु समाप्त :  पोखरेल

\"\"भक्तपुर, २१ माघ । नेकपा एमाले नेता एवं पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सरकारले जेठसम्म निर्वाचन गर्न नसके सरकारको आयू स्वतः समाप्त हुने बताएका छन् । रफत सञ्चार क्वलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले ब्यवस्थापिका संसदले निर्वाचनसम्बन्धी विधेयक पारित गरेर स्थानीय निकायको निर्वाचन घोषणाको बाटो खुला गरिदा पनि बैशाखको अन्तिम साता अर्थात जेठसम्म निर्वाचन गर्न नसके सरकार स्वतः विघटन भएर नयाँ सरकार गठन हुने बताए । सरकारका प्रवक्ताले जेठको १० गतेभित्र निर्वाचन गरिसक्ने प्रतिबद्धता ब्यक्त भइसकेको अवस्थामा यदि कुनै पनि बहानामा निर्वाचन नगर्ने षड्यन्त्र गरिए सरकारलाई एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको उनले बताए । सरकारले प्रतिबद्धता गरेबमोजिम इमानदारिता कायम राख्नुपर्ने बताउँदै उनले सरकारको आयू लम्याउने र सत्ताको सैदाबाजी गरेर वा मधेशवादी दलको निउँमा निर्वाचन नभए एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको दावी गरे । नेता पोखरेलले निर्वाचन अयाोगलाई निर्वाचन घोषणा गर्ने अधिकार पनि नदिने र आफू पनि घोषणा नगर्ने दोहोरो चरित्र सरकारले देखाइरहेको बताए । सरकारले प्रतिबद्धता जनाएअनुसार आजै निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिने गरि सिफारिस गर्न समेत आग्रह गरे । उनले प्रतिपक्ष दलको दबाबका बाबजुत काइते खालको निर्णय गरेर सरकारले निर्वाचन आयोगमा पठाउने विशेष चासोको विषय बनेको बताउँदै निर्वाचनसँग सरकार डराएकाले तत्काल मिति घोषणा गर्न छाडेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको आरोप लगाए । सरकारले उदारो निर्वाचनको अवधि तोकेर कसलाई रिजाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै आलटाल नगरी तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रहसमेत गरे । दसकौ देखि स्थानीय जनता आफना प्रतिनिधि चयन गर्ने अधिकारबाट वञ्चित भएको बताउँदै उनले स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन जोड दिए । उनले राजनीतिक दललाई असफल बनाउने प्रयास भइरहेको भन्दै देशलाई संवैधानिक संकटबाट बचाउन सबै राजनीतिक दल एक भएर यो समयमा निर्वाचन गरेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने खाँचो औल्याए । पोखरेलले भारतीय एयर मार्सल सम्बन्धी मस्यौदा आफ्नो पालामा गरिएको भन्ने गलत प्रचर भएको भन्दै खण्डन गरे । उनले भने –‘तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा ०६९ साल त्यसबेलाका पर्यटन मन्त्री पोष्ट बहादुर बोगटीले त्यसको नागरिक उड्डयन सुरक्षा परिषद्बाट सिफासिर गरेर मन्त्रालयमा पठाइएको हो । मेरो पालामा सो ड्राफ्टको विषयमा कानुन सल्लाह लिदाँ उपयुक्त नलागेर मन्त्रालयमा ड्रप गरेको हो ।’ उनले मस्यौदा अहिलेका पर्यटन मन्त्री जीवन बहादुर शाहीले असोज ११ गते मन्त्रीपरिषद्मा लगेर १३ गते मन्त्रीपरिषद्ले छलफल गर्दै मन्त्रीपरिषद्ले १७ गते पारित गरेको जानकारी दिए । केहि पत्रपत्रिका र मिडियाले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर गलत प्रचार गरेकोमा आपत्ति जनाउँदै मुलुकलाई हानी नोक्सानी र राष्ट्रियतालाई आँच ल्याउने कुनै काम नगरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending