Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

रोल्पाका प्रजिअले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरियो

\"\"लिबाङ (रोल्पा), २१ माघ । आज एकाबिहानै रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरिएको छ । रोल्पा सदरमुकामको मुटु मानिएको टुँडिखेलमा थुपारिएका सुन्तलाका बोक्रासहितको सम्पूर्ण फोहर व्यवस्थापन गरिएको छ । यत्रतत्र छरिएका निर्माण सामग्री व्यवस्थित भएका छन् भने टुँडिखेलमा पार्किङ गरिएका यातायातका साधन पनि हटाइएको छ । घन्टौँ हिँडेर डोकोमा सुन्तला बेच्नकै लागि सदरमुकाम आएका टोलीलाई लाइन लगाएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ भने सुन्तलाका बोक्रा व्यवस्थितरुपले जम्मा गर्नका लागि डस्टबिनको व्यवस्था गरिएको छ । प्रजिअ डा भट्टराईले रबरका पञ्जा लगाएका हातले झाडु समाएर टुँडिखेल बडार्न थालेपछि स्थानीय विकास अधिकारी सुशील वैद्य, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगर, लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसी, जिल्ला विकास समितिका स्रोत व्यक्ति दामोदरप्रसाद सुवेदीसहित प्रहरीको ठूलो समूहले उनलाई साथ दिएको थियो । प्रहरी नायब उपरीक्षक घर्तीमगर भने हात हालेर नाला सफा गर्ने अभियानमा व्यस्त देखिन्थे। यसरी टुँडिखेल वरपरको सरसफाइ अभियान सकिएलगत्तै प्रजिअ डा भट्टराईले भने – “यदि हामी स्वच्छ र स्वस्थ्य समाजमा बस्न चाहन्छौँ भने हामीले हाम्रो फोहर व्यवस्थापन आफँै गरौँ । आफ्नो घर वरपरको फोहर व्यवस्थापनका लागि अरुको मुख नताकौँ । हाम्रो अभियान सफा रोल्पाको अभियान हो । आउनुस् यो अभियानमा तपार्इं हामी सबैसँगै हातेमालो गरेर अघि बढौँ ।” स्थानीय विकास अधिकारी सुशील वैद्यले जिल्लाको सरसफाइ अभियानमा कर्मचारी र प्रहरीको सक्रियताले मात्र पूर्णता पाउन नसक्ने हुँदा स्थानीयवासी पनि जुट्नुपर्नेमा जोड दिए । उनले नगरवासीलाई भने – “आउनुस् जिल्लाको सरसफाइ अभियानमा सँगै हातेमालो गरेर अघि बढौँ त्यसका लागि जिविसले जस्तोसुकै समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ ।” यस्तै प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले पनि गाउँ, टोल र समाजलाई सुन्दर अनि सफा बनाउने दायित्व सबैको हो भन्नका लागि प्रहरीले जनचेतना फैलाउँदै आएको हो, यसमा स्थानीयवासीले पनि साथ दिनुपर्छ, कर्मचारी त आज आउँछ भोलि जान्छ तर नगरवासी स्थायी रुपमा नगरमै बस्ने भएको हँुदा सरसफाइमा सबैको चासो र चिन्ता हुनुपर्नेमा जोड दिए । कर्मचारी र प्रहरीले थालेको सरसफाइ अभियानमा स्थानीयवासीको उपस्थिति नभए पनि बयोवृद्ध दुर्गाप्रसाद आचार्य भने उपस्थित भएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending