Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

लैखमको खानेपानी सपना कहिले पुरा हुने ?

\"\"जाजरकोट, १९ माघ । बाजेको पालादेखि यहाँको लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा हुन सकेको छैन । जिल्लाको सक्ला–१,लैखम गाउँका दुईसयभन्दा बढी खत्री परिवारले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा नभएको स्थानीयवासी रमेश केसीले जानकारी दिए । प्रत्येक वर्ष योजना नमागेको कुनै परिषद् नै हुँदैन तर कहिले पनि यो योजनामा कसैको ध्यान नगएको उनले बताए । बाजे र बाबाले मागेको योजना नातिको पालासम्म माग्दा पनि पूरा नहुँदा आफू निकै दुःखी भएको केसीले पीडा सुनाए । लैखम गाउँमा पानी ल्याउनका लागि स्थानीय नौपानी मूलबाट करिब चार किलोमिटर पाइप जडान गरेपछि मात्र स्थानीयवासीको गाउँमा पुग्ने उनको भनाइ छ । योजना माग्नका लागि गाउँलेबाट रकम उठाएर सिंहदरबार गएर मन्त्रीलाई भने पनि मागको सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । कुरा गर्दा ठिक्क पार्छन् तर कार्यान्वयन कहिले पनि नभएको स्थानीयवासी प्रेम केसीले पीडा सुनाए । पानीको अभावमा यहाँका स्थानीयवासी घन्टौं लगाएर खुल्लारुपमा बग्ने रिमखोलामा गएर मानिस र पशुचौपायासँगै पानी खाने गरेको केसीको भनाइ छ । “माथिल्लो गाउँका लागि २०५२ सालमा निर्माण गरिएको खानेपानीका धारामा अहिले पानी नै आउँदैन जहिले पनि उही पानीको पीडा, म अहिले ९० वर्षको भए, समाधान कहिले पनि हुँदैन”, स्थानीय वृद्ध मुक्तिसरा खत्रीले आक्रोशित हुँदै भनिन् । हामीले खानेपानीका लागि धेरै पटक नेतालाई भनेपनि हाम्रा नातिको पालासम्म खानेपानी नपाएको कपाल फुलेकी मुक्तिसराले बताइन् । यस ठाउँमा खानेपानी ल्याउनका लागि करिव ६० लाख रुपैयाँभन्दा माथिको रकम भएमा मात्र सबै गाउँलेको बस्तीमा पानी पुग्ने देखिन्छ । सबै खत्री मात्र बस्ने यो गाउँमा अधिकांश स्थानीयवासी पशुपालन व्यवसाय गर्दै आएका छन् । पानीको अभावमा यहाँका किसानका जमिनमा एक मात्र बाली लगाउने गरिन्छ । सिँचाइ भएको भए वर्षमा दुई बाली लगाएर उत्पादन बढाउन सकिने सम्भावना रहेको यहाँका खत्रीले बताएका छन् । सिँचाइको अभावमा यहाँका किसानका जमिन हिउँदयाममा बाँझै हुने गरेका छन् । बर्खायाममा आकाशको पानीको भरमा मकैबाली लगाउने यहाँका खत्री बर्सेनि आकाशकै पानीको भरमा खेती गर्दै आएको बताउँछन् । छिमेकी गाउँमा सिँचाइ गरी जमिनभरि हरियो बनाई वर्षमा दुई बाली लगाएको र आफ्नो जमिन बाँझै देख्दा मन रुने गरेको यहाँका किसानको भनाइ छ । बोकेर ल्याएको पानीले शौचालयसमेत प्रयोग गर्न निकै समस्या भएको छ । खानेपानी नहुने लैखम गाउँमा शौचालयमा कसरी पानी पु¥याउन सकिन्छ ? स्थानीय शिक्षिका भावना वली खत्रीले प्रश्न गरिन् । विद्यालयमा समेत खानेपानी नभएका कारण विद्यार्थीलाई समस्या हुँदै आएको छ । घरबाट बोतलमा बोकेर ल्याएको पानीले सबैलाई पु¥याउन नसकिने हुन्छ, एकसयभन्दा वढी विद्यार्थी पानीको अभावले हैरान हुने गरेको उनले बताइन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: