Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ट्रम्प पहिल्यै राष्ट्रपति भएको भए...

\"\"आप्रवासीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई सारा विश्वमा उथलपुथल मच्चिएको छ । गत साता मात्र उनले सात मुस्लिम बाहुल्य देशका सबै नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाए । केही अरू देशको नाम पनि यो सूचीमा थपिने आशंका छ । अमेरिकालाई सुरक्षित बनाउन यो कदम उठाउनुपरेको ट्रम्पको दाबी छ । तर, अमेरिकाको विगत हेर्ने हो भने यो देश यस्ता दिग्गजहरूको भरिएको छ जो बाहिरबाट गएका थिए । उनीहरूले आफ्नो बुताको बलमा विश्वमै नाम कमाए । यस्तोमा प्रश्न उठिरहेको छ, ट्रम्प पहिले नै राष्ट्रपति बनेका हुन्थे भने र यसप्रकारको नीति पहिले नै लागू भएको भए यी दिग्गजहरूको स्थिति के हुन्थ्यो होला ? अमेरिकामै जन्मे–हुर्केका ठूला नेता तथा विद्वान्हरू भन्छन्– अमेरिकालाई ‘महान्’ बनाउने मानिसहरूमध्ये कैयौँ यस्ता छन् जो मूलका हिसाबले अमेरिकी थिएनन् र बाहिरबाट गएर त्यहाँ बसेका थिए । त्यस्ता केही दिग्गज यसप्रकार छन्ः अल्बर्ट आइन्स्टाइन सापेक्षताको सिद्धान्तका प्रवर्तक तथा महान् वैज्ञानिक आइन्स्टाइनको जन्म १८७९ मा जर्मनीमा भएको थियो । तर, उनले पछि अमेरिकालाई घर बनाए । फेबु्रअरी १९३३ मा उनी अमेरिका भ्रमणमा गएका थिए । जर्मनीमा एडोल्फ हिटलरको बढ्दो प्रभुत्वका कारण कुनै पनि समय देशमा बस्न नपाउने हो कि भन्ने उनलाई लाग्थ्यो । कैयौँ वर्ष विभिन्न देशमा बसेपछि अन्ततः १९४० मा उनी अमेरिकाको नागरिक बने । १९५५ मा उनले अमेरिकाको न्यु जर्सीमा देहत्याग गरे । म्याड्लिन अलब्राइट पूर्व चेकोस्लोभाकियाको प्रागमा जन्मेकी म्याड्लिन अलब्राइट पछि अमेरिका पुगिन् । राजनीतिमा सक्रिय हुँदै सफलता हात पार्दै १९९६ मा अमेरिकाको विदेशमन्त्री भइन् । बिल क्लिन्टनले उनको नाम प्रस्ताव गर्दा सिनेटका सबै ९९ सदस्यले नै अनुमोदन गरेका थिए । १९४८ मा उनको परिवार अमेरिका पुगेर राजनीतिक शरण मागेको थियो । सलमा हायक ट्रम्प मेक्सिकोको सीमामा पर्खाल लगाउने भनिरहेका छन् । तर, प्रख्यात नायिका सलमा हायक त्यहीँबाट आएकी हुन् । हायकको जन्म मेक्सिकोको वेराक्रुजमा भएको थियो । उनी १९९१ मा कलासम्बन्धी अध्ययन गर्न अमेरिका पुगेकी थिइन् । ज्याकी च्यान हलिउडका चर्चित नायक ज्याकी च्यानको जन्म चीनको हङकङमा भएको हो । कंग्फु तथा हास्य चलचित्रका लागि विश्वमै चर्चित च्यानले एक सय ५० भन्दा धेरै हलिउड चलचित्र खेलिसकेका छन् । उनलाई हलिउड वाक अफ फेममा स्थान दिइसकिएको छ । स्टिभ जब्स मोबाइल फोनको दुनियाँमा आइफोनका स्थानबारे धेरै जानकार छन् । संसारकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक तथा सबैभन्दा चर्चित फोन निर्माता कम्पनी एप्पल अमेरिकाकै सान मानिन्छ । तर, बाहिर जन्मेका मानिस अमेरिकामा बस्न पाउँदैनथे भने यो कम्पनीको के हुन्थ्यो होला ? किनकि, त्यो कम्पनी खडा गर्ने स्टिभ जब्स सिरियाली आप्रवासीका पुत्र हुन् । जोसेफ पुलित्जर विश्वमै सबैभन्दा महान् प्रकाशक मानिने जोसेफ पुलित्जरको जन्म हंगेरीमा भएको थियो । उनी १८६४ मा अमेरिका पुगेका थिए जति वेला उनी केवल १७ वर्षका थिए । पछि, उनी डेमोक्रेटिक पार्टीका ठूला नेता पनि बने । भ्रष्टाचारविरुद्ध उनले उठाएको आवाज अहिले पनि बारम्बार उद्धृत गरिन्छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending