Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

कर्मचारीतन्त्रमा देखिएको भ्रष्टाचार रोक्न अभियान

\"\" काठमाडौँ, १९ माघ । नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीतन्त्रमा देखिएको भ्रष्टाचार रोक्न अभियान सञ्चालन गर्ने भएको छ । पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सबै मन्त्रालय र विभागमा भ्रष्टाचार न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने जानकारी दिए । “हाम्रो चाहना पनि भ्रष्टाचारको दलदलमा कर्मचारी नपरून् भन्ने हो,” उनले भने–“राष्ट्रसेवक कर्मचारीको काम ठगी होइन सेवा दिने हो । हामी सेवा दिन तयार छौँ ।” उनले भ्रष्टाचारमा संलग्न कर्मचारीलाई निलम्बन गर्न आफ्नो सङ्गठन सहयोग गर्न तयार रहेको पनि बताए । बैठकले सङ्घीय प्रणालीमा कर्मचारी व्यवस्थापन गर्दा रोजाइ तथा छनोटलाई प्राथमिकतामा राख्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई प्रदेशमा समायोजन गर्दा एक तह बढुवाको अवसर दिनुपर्ने र हरेक तहमा लोकसेवामार्फत स्थायी कर्मचारी राख्नुपर्ने लगायतका माग गरेको छ । यसैगरी, कार्यालय समयभित्र निजामती कर्मचारीलाई कुनै बैठक र कार्यक्रममा सहभागी हुन नदिने पनि निर्णय गरेको छ । यसैबीच, बैठकले दशौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । अध्यक्ष देवकोटाको अध्यक्षतामा २७ सदस्यीय सचिवालय, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालालाई गुनासो व्यवस्थापन, अनुगमन, मूल्याङ्कन र सहकारी विभाग, उपाध्यक्ष भवानी न्यौपानेलाई महिला विभाग, उपाध्यक्ष भागवत यादवलाई मधेसी समन्वय विभाग, उपाध्यक्ष ललिकबहादुर महर्जनलाई जनजाति समन्वय विभाग र उपाध्यक्ष बैकुण्ठ गुरागाईंलाई श्रेणीविहीन समन्वय विभागको जिम्मेवारी दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending