Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मुम्बई हमलाका योजनाकारलाई पाकिस्तानमा नजरबन्द

\"\"काठमाडौं, १८ माघ । पाकिस्तानले जमात–उद–दाबाका प्रमुख हाफिज सइदलाई नजरबन्द गरिदिएको छ । सइद चरमपन्थी संगठन लश्कर–ए–तोयबाको पनि प्रमुख थिए । उनी भारतको मुम्बइमा सन् २००८ को मुम्बइ हमलाको मुख्य योजनाकार रहेको भारत र अमेरिकाले मान्दै आएको छ । मुम्बइ हमलामा १७४ जना मारिएका थिए । प्रहरीको एक समूह लाहौरमा उनको मुख्यालय पुगेको र अन्य उसको साथ पाँच जनालाई पनि वारेन्ट जारी गरेको बताएको जमात–उद–दाबाका प्रवक्ता नदीम अवानलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । प्रहरीको ठूलो समूल आएर हाफिजको नजरबन्द गरिएको आफूलाई बताएको प्रवक्ता नदीमले बताए । साइदविरुद्ध कारबाही नगरिए आर्थिक प्रतिबन्ध झेल्नुपर्ने पाकिस्तान सरकारमाथि अमेरिकाले दबाब दिएको र पाकिस्तान अमेरिकासामु झुकेको नदीमले आरोप लगाएका छन् । हाफिज रहेको लाहोरको कुदसिया मस्जिद सुरक्षाकर्मीले घेरा हालेर राखेको अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार एजेन्सी पीटीआईले जनाएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मुम्बइ हमलापछि जमात–उद–दाबामाथि प्रतिबन्ध लगाउँदै उसलाई आतंकवादी संगठन घोषित गरेको थियो । सन् २०१४ मा अमेरिकाले पनि उक्त संगठनलाई आतंकबादी संगठनको सूचिमा राख्दै उक्त संगठनमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending