Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

को होला भावी प्रधानसेनापति ?

\"\"काठमाडौं, १७ माघ । नेपाल प्रहरीमा महानिरिक्षक बन्न तीव्र दौड चलिरहेका बेला नेपाली सेनामा भावी प्रधानसेनापति को हुने भन्ने विषयले प्रवेश पाएको छ । वर्तमान पधानसेनापति राजेन्द्र क्षेत्री ०७५ भदौ २४ गते अवकास हुने भएपछि अहिलेदेखि नै उनीपछिको प्रधानसेनापतिको चर्चा सुरु भएको हो । साँघु साप्ताहिकमा खबर छ– भावी प्रधानसेनापतिका बारेमा पूर्णचन्द्र थापाको एकोहोरो चर्चा चलेतापनि औपचारिक प्रक्रियाका बारेमा कुनै निर्णय नभएको स्रोतको दाबी छ । २०७२ असोज १४ गतेको मन्त्रिपरिषद्को बैठकले रथी दर्जामा बढुवा गरेका रथी पूर्णचन्द्र थापाको दुई वर्षे पदावधि ०७४ असोज १४ गते सकिनुअघि नै उनको एक वर्षे पदावधि सरकारले थप्नुपर्नेछ । सरकारले एक वर्षे पदावधि थप गर्नका लागि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले रक्षा मन्त्रालयमा सिफारिस गर्नुपर्ने छ र रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनु पर्नेछ । रथी पूर्णचन्द्र थापाका साथै अर्का वरिष्ठ रथीको पदावधि थपका लागि सिफारिस गर्नुपर्ने बाध्यता प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई पर्नेछ । तर, यी दुवै रथीको पदावधि थपिने कुरामा सेनाका अधिकृतहरु भने शंका व्यक्त गर्दछन् । ०७४ असोज अगावै साउन भदौमै पदावधि थपिएपनि रथी महतले भने ०७४ कात्तिक १६ गतेसम्म मात्र जागिर खान पाउने छन् । उनको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुने बताइन्छ । नेपाली सेनाका केही जर्नेलहरु भने रथी पूर्णचन्द्र थापाको एक वर्षे पदावधि थपिनेमा शंका व्यक्त गर्छन् । एक वर्षे पदावधि थपिने सम्भावना छेन भन्ने सैनिक अधिकृतहरुको तर्क छ । रथी पूर्णचन्द्र थापा यूएन फोर्सको कमाण्डर भएर नेपाल र नेपाल आर्मीको बेइज्जत गर्दै एक वर्षमै फर्किएकाले यूएनमा उनको रेकर्ड कालेसूचीमा छ । उनी यूएनको फोर्स कमाण्डरको दुई वर्षे जिम्मेवारी एकै वर्षमा त्यागेर जसरी पनि प्रधानसेनापति बन्ने भन्दै नेपाल फर्किएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: