Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मोर्चा नमाने पनि चुनाव घोषणाको तयारी

\"\"काठमाडौं, १७ माघ । प्रधानमन्त्री प्रचण्ड चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।१५ माघभित्रै निर्वाचनसम्बन्धी संसद्मा विचाराधीन कानुन पारित गराएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड आज (सोमबार) सम्म आवश्यक कानुन पारित गराउने र आजै सत्तारूढ नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चासँग वार्ता गरी सम्भव भए मंगलबार नभए केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन् । आजको राजधानी दैनिकमा खबर छ– स्थानीय विकास तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले सरकारले देशलाई निर्वाचनमा लैजान आवश्यक सबै पहल अगाडि बढाइरहेको भन्दै यसै साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने दाबी गरे । प्रधानमन्त्रीको सचिवालयले सोमबारसम्म निर्वाचनसम्बन्धी आवश्यक कानुन पारित भइसक्ने सम्भावना रहेको भन्दै सहमति जुटेको खण्डमा मंगलबार नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जनायोे ।‘अहिले नै यो दिन मिति घोषणा हुन्छ त नभनौं, सोमबारसम्म आवश्यक निर्वाचन कानुन पारित भइसक्ने र निर्वाचनका लागि सहमति जुटेमा मंगलबार नै पनि निर्वाचन मिति घोषणा हुन सक्छ, नभए यसै साता निर्वाचन मिति घोषणा हुन्छ र देश निर्वाचनमा जानेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री अहिले यसैमा सहमति जुटाउन अन्तिम प्रयास गरिरहनुभएको छ ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचन मिति घोषणा गर्न माग गरिरहेको छ । यस्तै, नेपाली कांग्रेस पनि निर्वाचन मिति घोषणाको पक्षमा उभिएको छ । तर, सरकारलाई समर्थन गरिरहेको मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक पारित भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ । स्थानीय विकासमन्त्री पाण्डे भने निर्वाचन गर्न मोर्चासहित सबै दल सहमत भएको र संविधान संशोधन विधेयक पनि प्रक्रियामा रहेकाले निर्वाचन मिति घोषणामा सबैको सहमति हुने बताउँछन् । प्रधानमन्त्री प्रचण्डले मोर्चालाई पनि निर्वाचन मिति घोषणा गर्न सहमति जुटाएर मिति तोक्ने तयारी गरेका छन् । दाहालले निर्वाचन मिति घोषणाका विषयमा सोमबार मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाएका छन् । मोर्चासँगको वार्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने बताइएको छ । त्यसपछि पुनः त्रिपक्षीय छलफल गरेर निर्वाचनको मिति टुंगो लगाउने सोचमा प्रधानमन्त्री रहेका छन् । निर्वाचन मितिकै विषयमा आइतबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले प्रमुख आयुक्त यादवलाई वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी भइरहेको जानकारी दिँदै निर्वाचनका लागि सरकारले निभाउनुपर्ने भूमिकाका विषयमा सुझाव मागेका थिए । भेटमा प्रमुख आयुक्त यादवले प्रधानमन्त्री प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन प्राप्त गर्नासाथ आयोगले आफ्नो काम अगाडि बढाउने अवगत गराएका थिए । प्रधानमन्त्री प्रचण्डले पनि निर्वाचन कानुन पारित गराउन आफूले सक्दो पहल गरिरहेको भन्दै आजभोलि नै आवश्यक सबै कानुन पारित हुने बताएका थिए । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच १५ माघभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो । मोर्चाले मिति घोषणा गर्न असहयोग गर्दै आन्दोलन गर्ने चेतावनी दिएपछि १५ माघ अगाडि चुनावको मिति घोषणा गर्नबाट सरकार पछि हटेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: