Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भारतलाई देश नै मान्दैन थिए जंगबहादुर

\"\"नेपाली राजनीतिमा जंगबहादुर एक चर्चित नाम हो । उनको प्रशंसा र आलोचना गर्नेहरु थुप्रै छन् । तिनै जंगबहादुरले छिमेकी भारतलाई देश नै मान्दैन थिए भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । जंगबहादुरको पालामा रुस, चीन, भारत र बेलायतमध्ये समुद्रको बादशाह भनेर बेलायतलाई चिनिन्थ्यो । बेलायतले दिल्लीलाई खाएर आफ्नो पनि अंगभंग गरिदिएपछि नेपाल चिनियाँ बादशाह गुहार्न पुगेको थियो । ठूलो प्रयास गर्दा पनि चीनबाट अपेक्षाअनुरुप सहयोग नपाएपछि नेपालले रुसी बादशाहलाई पनि सम्झेको थियो । त्यस्तो अवस्थामा रुसले अंग्रेज साम्राज्य हान्न लागेको समाचार सुन्न पाउँदा जंगबहादुर ‘मौका पर्खिबस्ने पौरखीलाई एक न एक दिन औसर आउँछ, पुरुषार्थीले औसर छोप्न सक्नुपर्छ’ भन्ने नीति बचन सम्झँदै पुलकित समेत भएका थिए । जानकारहरुका नुसार कमला किनारको शिकारी सवारी मुकाममा भाइछोरा र भारदारहरुका सामु जंगको मुखबाट अन्तर्मनको त्यही भावना निस्केको थियो । त्यसबेला उनले ‘हिन्दूस्तानमा रुसको हमला हुँदैछ, सो हाम्रो पश्चिम नेपालसम्म पनि आउन सक्छ, उसले नेपाली शासकलाई हामीसँग मिल्न आउ वा सन्धि गरौं भन्न सक्छ । त्यसबेला ब्रिटिशसँग तपाईहरु हामा मित्रलाई छाडेर हामी विरन्तरीसँग मिल्दैनौं, पहिले विप्लवमा जस्तै विपक्षी हटाउन भर मद्दत गर्छौं भनेका थिए । हामीलाई सैन्य बल बढाउन युद्ध सामग्री, हातहतियार गोलीठ्ठा प्रशस्त चाहिन्छ, बीस हजार सेनालाई बन्दूक, ब्रिज लोडर २४ तोप, तिनलाई चाहिने खरखजाना सबै देऊ भन्नू, ब्रिटिश सरकारले हामी त्यस्तो खर्च दिन सक्तैनौं भन्यो भने यही माग रुससँग राख्नु, तर यो चाहीँ रुस हिन्दूस्तान पसेपछि मात्र कुरा गर्नु, यूरापीयनसँग कुरा गर्दा आफ्नो भेद कहिल्यै नखोल्नू प्रचार गरिदिन्छन, तिनको विश्वास गर्नुहुँदैन’ भनेका छन् । जंगबहादुर शिकारबाट फर्कंदाको संयोग कस्तो भने ब्रिटिश रेजिडेन्ट भायसरायका छोरासहित केही अंग्रेज अफिसरहरु चित्लाङमा उनीसँगै बास बस्न आइपुगेछन् । त्यो मौकामा जंगबहादुर स्वयं अंग्रेजहरुको बास शिविरमा गएर कुरा गरेका थिए । त्यसबेला अंग्रेजहरुले ‘नेपाललाई के चाहिन्छ सो हामी सबै दिन्छौं, भरमद्दत हामी नै गर्छौं, धन्दा मान्नुपर्दैन, नेपाललार्य आपत विपत केही आइपर्यो भने अवश्य गुहार दिनेछौं’ भनेर जंगबहादुरलाई आश्वस्त समेत पारेका थिए । तर, देशको जनबल–धनबल बाहिर जान दिनुहुँदैन भन्ने जंगबहादुरको विचार थियो । देशका युवकहरुलाई भर्ना गरेर सैन्य संस्था बढाउने, तिनलाई सँधै शस्त्रसज्जित र तम्तयार राख्ने र सलले नभए बलले पनि आफ्नो भूमि फिर्ता लिने उनको भित्री आकांक्षा थियो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending