Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

माओवादी केन्द्रका ७० केन्द्रीय नेताद्वारा राजीनामा

\"\"चैतारा , १२ माघ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ७० जना केन्द्रीय नेताहरुले संयुक्त राजीनामा दिएका छन् । कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङ, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार श्रेष्ठ, युवराज दुलाल, अमृता नेपाल लगायत ७० नेताहरुले संयुक्त राजीनामा दिएका हुन् । माओवादी केन्द्र सिन्धुपाल्चोकले आज सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलामा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जनाले संयुक्त राजीनामा दिएका हुन् । राजीनामा दिनेमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य देखि केन्द्रीय सदस्य समेत छन् । जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै युवराज दुलालले पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको घोषणा गरे । उनले गरेको विशेष प्रस्तावलाई ७० जना केन्द्रमा रहेका नेताहरुले हस्ताक्षर गरी अनुमोदन गरेका छन् । सो राजीनामापत्रलाई तत्कालै केन्द्रमा पठाईने जनाईएको छ । पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका कृष्णप्रसाद सापकोटाले माओेवादीलाई शसक्त र जुझारु बनाउन राजीनामा दिनुपरेको बताए । ‘हामी पद होईन पार्टी सुदृढ गर्न चाहान्छौं,’ उनले भने । ‘हामी केन्द्रीय समितिमा छौं, त्यो भद्दा र अर्थपूर्ण छैन’, माओवादी केन्द्रका जिल्ला संयोजक दावा तामाङले भने– ‘हामी जिल्लामानै रहेर पार्टी मजबुद बनाउन चाहान्छौं ।’ राजीनामा पछि पार्टीलाई अझ मजबुद् बनाउन आपूmहरु लाग्ने उनले बताए । राजीनामा दिएपनि पार्टीको जिम्मेवारीबाट बाहिर नजाने भन्दै उनले आपूmहरु चुनौतीसँग हार नमान्ने पनि बताए । केन्द्रीय समितिको बैठक बस्न पनि नसक्ने र महत्वपूर्ण निर्णय हुन नसक्ने भएकोले प्रकृयाको आधारमा पार्टी निर्माण गर्न राजीनामा दिएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक माधव सापकोटाको तर्क छ । ‘प्रकृयाको आधारमा पार्टीं निर्माणको बहस गर्न राजीनामा दिएका हौं’, उनले भने– तर महत्वपूर्ण कुरा के हो भने हामी पार्टीको जिम्मेवारीबाट पन्छने छैनौं ।’ं पार्टी केन्द्र चुस्त बनाउन सहयोग गर्ने हेतुले राजीनामा गरिएको उनले प्रष्ट्याए । यता नेताहरुले केन्द्रीय समितिबाट राजीनामा दिएको घोषणा गरेलगत्तै कार्यकर्ताहरु भने खुसी भएका छन् । ‘पार्टीलाई सुदृढ बनाउन यो कदम अति आवश्यक थियो’, भेलामा उपस्थित नारायणप्रसाद तिमल्सिनाले भने– ‘अब पार्टी मजबुद बनाउँदै जनवादी अभ्यास गर्न जरुरी छ ।’ भेलामा जिल्लाभरका ३ सय बढी नेता कार्यकर्ताहरु उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending