Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

श्रीमतीले गुन तिर्न खोज्दा गगन बदनाम !

\"\"काठमाडौं, १२ माघ । श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान् बदनाम । यस्तै हालत भएको छ, मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्को प्रकरणमा बद्नाम हुँदैछ । जनआस्था साप्ताहिकमा खबर छ– हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेसनिकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर स्त्रीकाण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई नियुक्ति दिलाएसँगै कांग्रेस नै गगनसँग रुष्ट बन्न पुगेका छन् । खासमा, पन्तलाई त्यहाँको महानिर्देशक बनाउन गगनभन्दा बढी पत्नी अञ्जना र ठाइँला ससुरा केदारनरसिंह सक्रिय थिए । यसरी राजेन्द्रलाई महानिर्देशक नै बनाउनुपर्ने बाध्यता गगनपत्नीलाई के परेको रहेछ भने, तीन वर्षअगाडि राजेन्द्र स्वास्थ्य मन्त्रालयमातहत बालस्वास्थ्य विभागको प्रमुख थिए । सोही समय हो, उनले गगनपत्नीलाई सेभ दी चिल्ड्रेनको प्रोग्राम कोअर्डिनेटर बनाइदिएको । यो युनिसेफ मातहत रही सञ्चालित आकर्षक प्रोजेक्ट हो । सेभ दी चिल्ड्रेन बालस्वास्थ्य महाशाखा मातहत रहेको सबैभन्दा बढी पैसा खेलाउन पाइने आइएनजिओसमेत हो । यो संस्थाको को–अर्डिनेटर बनाइएकी अञ्जनालाई यसको गुन तिर्नु थियो, राजेन्द्रलाई । तीन वर्ष अगाडिको यसको हिसाब–किताब चुक्ता गर्नुथियो, गगनपत्नीलाई । त्यसको सबैभन्दा उत्ताम मौका पनि यही थियो । हो, सोही बदलामा उनको र गगनका ससुरा केदारनरसिंहको दबाबमा राजेन्द्रलाई गगनले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका हुन् । पन्त तिनै व्यक्ति हुन्, जो खगराज अधिकारी मन्त्री हुँदा यिनको खेलो फड्कोबारे चाल पाएसँगै खगराजले उनलाई सुर्खेतमा सरुवा गराइदिएका थिए । रामजनम चौधरी मन्त्रीका रुपमा आएसँगै उनी आकर्षक र सबैभन्दा बढी पैसा खेलाउन पाइने बालस्वास्थ्य महाशाखामा सरुवा भएर प्रमुख बन्न आइपुगे । उनी त्यहीँ हुँदा हो बालस्वास्थ्य महाशाखाअन्तर्गत सेभ दी चिल्ड्रेनमा अञ्जनालाई जागिर खुवाइएको । यस्तो काम फत्ते गरेर गगन हालै मात्र जेनेभातिर उडेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending