Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

सुन तस्करको योजनामा रामशरण चलेपछि...

\"\"काठमाडौं, ११ माघ । नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले विमानस्थलबाट बरामद साढे ३३ किलो सुन ल्याउने भरिया गोपाल शाहीलाई पक्राउ गरे पनि असली मालिकलाई कठघरामा ल्याउन सकेको छैन । दृष्टि साप्ताहिकमा खबर छ– उक्त सुनका भरिया शाहीले प्रहरीमा दिएको बयानले उक्त सुनकाण्ड अझै रहस्यमय बनाएको छ । र, सुनतस्करीमा राज्यकै संलग्नता देखिन थालेको छ । अख्तियारले पनि सुन तस्करीका विषयमा अनुसन्धान थालेको छ । आयोगले थालेको अनुसन्धानमा सुनतस्करीको संगठित गिरोहलाई प्रोत्साहित गर्न अर्थमन्त्रालयले सुराकी भत्ता कटौती गर्ने निर्णय गरेको नयाँ तथ्य पत्ता लागेको छ । पैसाको लोभमा सुन तस्करी गर्ने भरियाहरुले यसअघि प्रहरीलाई सुराकी दिने गरिएकोमा सुराकीलाई निरुत्साहित गर्न तत्कालीन अर्थमन्त्री रामशरण महतले भन्सार नियमावली २०७२ असारमा संशोधन गरेर सुन तस्करीको संगठित गिरोहलाई प्रोत्साहित गरेको नयाँ कुरा पत्ता लागेको छ । साढे ३३ किलो सुन प्रकरणमा भरिया लगायत भन्सारका केही कर्मचारीहरु पक्राउ परेबाट पनि उनीहरुलाई कसले सेटिङ मिलाएका थिए भन्ने कुरा सजिलैसँग पत्ता लाग्न सक्छ । प्रहरीले सुनकाण्डलाई जरैदेखि खोतल्न पक्राउ परेका भरियामाथि संगठित गिरोहको नाइके पक्राउ गर्न गाह्रो नपर्ने कुरा नेपाल प्रहरीको दक्षताले नै प्रष्ट पारेको छ । सुराकी भत्ता दिने व्यवस्था भन्सार नियमावली संशोधन गरी २०७२ साउनदेखि हटाएपछि अवैध सुन भित्रिने गरेको खुलासा भएको छ । १५ प्रतिशत सुराकी भत्ताको आकर्षणका कारण प्रहरी अवैध सुन बरामद गर्न सक्रियतापूर्वक लाग्दै आएको थियो । तर सुन सुराकी विवादमा सार्वजनिक लेखासमितिले दिएको प्रतिवेदनलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार नियमावली संशोधन गरी तोकिए बमोजिम हुनेछ भन्ने व्यवस्था राख्न निर्देशन दिएको थियो । अख्तियारको निर्देशनमा भन्सार नियमावलीमा सुन बरामद भएपछि सुराकीलाई बढीमा ५ लाख रुपैयाँसम्म दिनसक्ने प्रावधान राखिएको थियो । २०७२ असारमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की र अर्थमन्त्री डा. रामशरण महतले सुन तस्करकै योजनामा भन्सार नियमावली संशोधन गरेपछि अवैध सुन बरामद हुन छाडेको तथ्यांकले देखाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending