Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

संसद बैठक बस्दै, संशोधन विधेयक कार्यसूचिमा नराखिने

\"\"काठमाडौं, १० माघ । व्यवस्थापिका संसदको बैठक सोमवार बस्दैछ । संसदमा टेबुल भएको संशोधन विधेयक माथि सहमति जुटाउन तीन दिनका लागि स्थगित भएको संसदको बैठक सोमवार बस्ने भए पनि बैठकमा संशोधन विधेयक नहुने भएको छ । विधेयकमा दलहरुबीच सहमति खोज्ने प्रयास भइरहेकाले सोमवारको बैठकमा विधेयक पेश नहुने संसद सचिवालयले जनाएको छ । पुस २४ गते संसदमा पेश भएको विधेयक जनताको जानकारीका लागि प्रकाशन भएपनि सैदान्तिक छलफलको प्रक्रिया अघि बढेको छैन । सोमवारको बैठकमा बोनस ऐन पाँचौ संशोधन विधेयकमा संशोधन दर्ताका लागि अनुमोदन गर्ने कार्यसूची रहेको छ । बैठकमा संघीय आकस्मिक कोष गठनको विधेयक संसदमा पेश गर्नेछ । सरकारका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक संसदमा पेश गर्नेछन् । निर्वाचन विधेयकलाई अन्तिम रुप दिइने व्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिल निर्वाचनसँग सम्बन्धित विभिन्न ३ वटा विधेयकमाथि अन्तिम रुप दिने भएको छ । सरकराले यही साताभित्र निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको र निर्वाचन आयोगले आवश्यक कानुन निर्माणपछि १ सय २० दिन तयारीका लागि आवश्यक पर्ने बताएपछि समितिले ती विधेयकलाई अन्तिम रुप दिने तयारी गरेको हो । दलहरुबीच सहमति हुन नसक्दा लामो समय समिति थन्किएका, निर्वाचन आयोगको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलाई सोमवारको बैठकले अनुमोदन गर्ने कार्यतालिका छ । बैठक केहीबेरअघिदेखि सिंहदरबारमा शुरु भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending