Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

जंगबहादुर कसरी ‘श्री ३ महाराज’ बने ?

वि.सं. १९१३ साउन (१ अगस्ट १८५६) मा ‘ब्रिटिस रेसिडेन्टले पनि राजगुरु विजयराजलाई उक्साएर जंगबहादुरलाई मीरजाफर बनाउन अन्तिम प्रयत्न गरेको अनुमान हुन्छ ।’ ज्ञानमणि नेपालले जंगबहादुरले आफ्ना भाइछोरालाई दिउको उपदेशबारे लेखेका छन्– विदेश नीतिमा अंग्रेजहरुलाई नचिढाउनु र घरमा राजालाई मानी राख्नु । यसकुरामा ध्यान दियौ भने तिमीहरुले यो राज्य थामी खानेछौ’ जंगले आफ्नो पदबाट राजिनामा गरे । वास्तवमा उनको राजिनामा एउटा नाटक थियो जस्तो देखिन्छ । बनावटी घटना कि नाटक ? जंगबहादुरका छोरा पद्मजंगले लेखेको उनको जीवनीमा ‘राजगुरु विजयराजको नेतृत्वमा केही भारदारका दलले उनका दरबारमा गएर भेटे र देशको हितका लागि उनलाई गद्दी सह्माल्ने अनुरोध गरियो’ ‘यसरी उनले गद्दी ग्रहण गर्न नमानेपछि उक्त दलले कास्की र लमजुङको महाराज बन्न अनुरोध ग¥यो, जुन कुरा उनले मञ्जुर गरे’ भनि लेखिएको छ । राणाशासनकालमा राजपरिवार र राणहरुलाई तीन परिवारले मन्त्र सुनाई गुरु बन्न पाएका थिए । सत्याल परिवार राणाहरको मात्र पुरोहित थियो, राजपरिवारको थिएन । सत्यालहरुले केही राणाहरुलाई गायत्री मन्त्र पनि सुनाउन पाउँथे । बाँकी राणाहरुलाई विजयराजको परिवारले गायत्री मन्त्र पनि सुनाउन पाउँथे । त्यसै गरी केही राणाहरलाई दीक्षामन्त्र अधिकारीहरुले सुनाउँथे । बाँकी राणाहरलाई गायत्री मन्त्र विजयराज र उनका वंशजले सुनाउँथे । राजपरिवारलाई गायत्री र दीक्षामन्त्र सुनाई गुरु हुने अवसर राणाकालभरि विजयराज र उनका वंशजले पाएका छन् । गोरखाका राजा नरभूपाल शाहका गुरु पनि विजयराजका पुर्खा गौरीशवर थिए । \"\"वि.सं. १९०३ मा जंगबहादुरलाई सहायता गरेर मात्र विजयराजले राजगुरु हुन पाएका होइनन्, धेरै पहिले (नरभूपाल शाहको पालामा) समेत मन्त्र सुनाउने गुरु भएका हुनाले पनि त्यस्तो अवसर पाएका थिए । पद्मजंगले यो कुरा लेखेका भए पनि कहाँसम्म साँचो छ विचारणीय छ । राणा शासनकालमा राणाहरु यति शक्तिशाली हुन्थे कि उनीहरुको पूर्वस्वीकृति नलिई सरकारी कर्मचार अथवा पदाधिकारीहरुले कुनै सामाजिक र राजनीतिक कारवाही गर्न पाउँदैन थिए । विजयराजका पिता नागेश्वरलाई रणबहादुर शाहले र पितामह नारायण पण्डितलाई पृथ्वीनारायणले लेखेका पत्र पाइएको कुरा उल्लेख गरिसकिएको छ । नारायणका पिता गौरीशवर त नरभूपाल शाहकै गुरु थिए । विजयराजका पुर्खाको राणाहरुभन्दा राजपरिवारसँग बढी सम्पर्क थियो । राजपुरोहित पनि विजयराजकै भाई तिर्थराज थिए । एकातिर जंगबहादुरलाई नै गद्दीमा बस्ने अनुरोध गर्दा विजयराजलाई केही फाइदा नहुने कुरा माथि उल्लेख गरिएकै छ भने अर्कातिर विजयराज र अन्य भारदारहरले यस्तो गरेकै भए पनि श्री ३ महाराज हुन जंगबहादुरकै इशारामा रचेको ‘नाटक’का रुपमा मान्न सकिन्छ । वि.सं. १९२० श्रावणशुदि १० मा श्री ५ सुरेन्द्रले विजयराजलाई दिएका लालमोहरमा ‘हाम्रा गाथगादी बचाउन्या’ भनी उल्लेख गरेका कारणले समेत पद्मजंग लेखेका कुरा निराधार हो भन्ने कुरा स्पष्ट हुन्छ । जंगबहादुरले दोस्रो पटक प्रधानमन्त्री र पहिलो पटक श्री ३ महाराजको पदवी पाउँदा लालमोहर पमाणित गर्ने १९ जनामध्ये कृष्णबहादुर राणा, राणोद्दीपसिंह, धीरशम्सेर र भक्तवीरपछि विजयराजको पनि नाम छ । राजा सुरेन्द्रले उनलाई कास्की र लमजुङको महाराज पद दिए । राजाले दिएको लालमोहरमा सुरेन्द्रले बेलायत भमण गरी दुई देशबीच मैत्री सम्बन्ध बढाएको, आफूलाई पदमुक्त गरी कान्छी महारानी राज्यलक्ष्मीको रणेन्द्रलाई गद्दी दिने प्रयास असफल पारेको, मेरा भाइ रणेन्द्रले तिमीविरुद्धको षड्यन्त्रमा ज्यान सजाय नदिएको, नेपालका भारदार, सिपाही र किसानलाई सन्तुष्ट पारेको जस्ता कुरा गरेकाले प्रधानमन्त्री पद जंगपछि उनका भाइ धीरशमसेरपछि उनका छोरा जगतजंगमा जाने कुरा लेखिएको छ । इतिहासकार एड्रिन सेभर्स ले लेखेको छन्– ‘राजा सुरेन्दले नेपालको कानुन अनुसार सार्वभौमिकता जंगलाई दिए । जंगपछि प्रधानमन्त्री पद उनका भाइ र त्यसपछि उनका पुत्र जगतजंग र त्यसपछि नाती जुद्धप्रतापजंगमा जाने कुरा सुरेन्द्रले माने ।’ जंगबहादुरले प्रधानमन्त्री पदबाट राजिनामा गरेपछि भारतको इस्ट इन्डिया कम्पनीले सबै आधिकारिक काम प्रधानमन्त्री बमबहादुरबाट गराउन लाग्यो । जंगलाई वास्तै गर्न छाड्यो । त्यसबेला काठमाडौंमा बेलायतका तर्फबाट राजदूत जस्तै रेसिडेन्ट बस्दथे । उनले पनि बमबहादुरसँग सिधै सम्पर्क राख्न थाले । नौ महिना (वि.सं.१९१३ साउनदेखि १९१४ जेठ) सम्म प्रधानमन्त्री भएपछि बमबहादुरको देहान्त भयो । साहिँला भाइ बद्रीनरसिंहलाई रोलबाट झिकिसकेकाले ठाहिँला भाइ कृष्णबहादुर कार्यवाहक प्रधानमन्त्री भए । एक महिना ६ दिनपछि कृष्णबहादुरलाई आफ्नो पदबाट राजिनामा दिन लगाइयो र वि.सं. १९१४ जेठ १४ (२८ जुन १८५७) मा राजा सुरेन्द्रले मनोनयन गरेपछि जंगबहादुर फेरि प्रधानमन्त्री भए । (प्रकाश ए राजद्वारा लिखित ‘राणा प्रधानमन्त्रीहरुको जीवनी’ नामक पुस्तकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies