Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

१० महिनामा पनि कांग्रेस अपूर्ण

काठमाडौं, १० माघ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको विषय उठाउँदा पार्टीकै नेता तथा कार्यकर्ता अचेल पत्याउँदैनन्। आजको कान्तिपुरमा खबर छ– देउवा सार्वजनिक ठाउँमा जब यो विषय उठाउँछन्, आकांक्षीहरु केही समय सलबलाउँछन्। आफू हुन र कसैलाई बनाउन दबाब समूहहरु सक्रिय समेत बन्छन्। तर, विस्तारै उनीहरु पनि हार खाएर थन्किन्छन्। नेतृत्व सम्हालेलगत्तैदेखि पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भन्दै आएका देउवाले दस महिनामा पनि त्यो काम गर्न सकेका छैनन्। यतिबेला उनले पदाधिकारी होइन, कार्यसम्पादन समिति र विभाग गठनको चर्चा चलाएका छन्। यो कुरा गरेको पनि महिना दिन बित्न लाग्यो। तर, साइत अझै जुरेको छैन। पार्टीभित्र सभापतिका आलोचकहरु उनलाई संगठनभन्दा सत्ता राजनीतिमा बढी रुचि राख्ने देख्छन्। पार्टीको अपूर्णतामा कतै न कतै सत्ता राजनीति जोडिएको उनीहरुको तर्क छ। कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरु, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने छ’ भन्ने छ। तर दस महिनामा १२ केन्द्रीय सदस्य मनोनयन गर्नेबाहेक विभाग र समिति बन्न सकेका छैनन्। उनै देउवाले तत्कालिन पार्टी सभापति सुशील कोइरालाले विभाग र समितिहरुलाई पूर्णता दिन नसक्दा निर्णय क्षमता नभएको भन्दै कडा आलोचना गरेका थिए। त्यसैलाई उनले १३ औं महाधिवेशनमा मुद्दा पनि बनाए। गिरिजाप्रसा कोइरालाजस्तो निर्णय क्षमता भएको भनेर उनले आफूलाई अघि सारे। तर, दस महिनाको कार्यकालमा पार्टी गतिमा होइन, मुस्किलले घस्रिरहेको प्रतिक्रिया दिन्छन् कांग्रेस नेता शेखर कोइराला। ‘पार्टी मुस्किलले घस्रिरहेको छ, गतिशील त हुनै सकेको छैन,’ उनले भने, ‘पार्टीका पदाधिकारी, विभाग र समितिहरु चाँडै बनाएर गति दिनुहोस् भन्दाभन्दै हामी पनि थाक्यौं ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending