Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

'संविधानलाई जीवन्त राख्नका लागि संसदीय निर्वाचन गराउनु नै उपयुक्त'

\"\" विराटनगर, ९ माघ । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि संसद्को निर्वाचनतर्फ अग्रसर हुन दलहरुलाई आग्रह गरेका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचन गराउने विषयमा विवाद देखिएको र स्थानीय निर्वाचन नभएसम्म प्रदेशको निर्वाचन पनि गर्न नसक्ने अवस्थामा संविधानलाई जीवन्त राख्नका लागि संसदीय निर्वाचन गराउनु नै उपयुक्त देखिएको बताएका हुन् । जनताको अभिमतबाट चुनिएको सरकारले संविधानलगायत विषयमा कार्य गर्न सक्ने भएकाले त्यति चिन्तित हुनुपर्ने विषय नदेखिएको नेता गच्छदारको भनाइ थियो । स्थानीयस्तरमा पुरानै संरचनामा निर्वाचन गराउन सके निर्वाचनको सम्भावना रहेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसो नभए दस महिनाभित्र नयाँ संविधानको आधारमा संसदीय निर्वाचन गराउनुपर्नेमा जोड दिए । मुलुक जटिल अवस्थामा फस्दै गइरहेकाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी प्रमुख राजनीतिक दलबीच उच्च कोटीको समझदारीको आवश्यकता रहेको र दुवै पक्षलाई अतिवादी सोचलाई त्यागेर मिलनबिन्दु खोज्न समेत गच्छदारले सुझाव दिए । संविधान संशोधनको प्रस्ताव परिमार्जन गरेर पारित गर्नुपर्ने विषयमा जोड दिँदै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई समेटेर वा जिल्लाको विभाजन गरेर समस्याको समाधान गर्नुपर्ने धारणा राखे । परिमार्जनसहित संविधान संशोधन प्रस्ताव संसद्बाट पारित नभएसम्म सरकारमा नजाने अध्यक्ष गच्छदारले स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending