Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

राजधानीको न्यूरो अस्पतालमा तोडफोड, अस्पताल प्रशासनद्धारा अकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं,९ माघ । बिरामीको मृत्यु भएको भन्दै काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा तोडफोड भएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ वर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई अभद्र व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ। नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेका थिए। घटना लगत्तै पुगेका प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच घटनापछि अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेबा बन्द गरेको छ । सडक दुर्घटनामा परेका नगरकोटीको शल्यक्रिया सफल भएपनि स्पाइनल प्यारालाइज हुने जानकारी चिकित्सकले आफन्तलाई गराएको दावी अस्पतालको छ । त्यसपछि एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ । सोही बिषयलाई अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेको र आफूहरुमाथि सुरक्षा चुनौति रहेको अस्पतालका चिकित्सक र कर्मचारीहरुले बताए । उता, बिरामीका आफन्तले भने अस्पतालकै लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending