Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

१३ वर्षपछि नेपालले १३ हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने

काठमाडौं, ७ माघ । सन् २०३० सम्ममा नेपालले बर्खायामको साँझमा १३ हजार मेगावाट बिजुली भारत निर्यात गर्न सक्ने एक अध्ययनले देखाएको छ । बर्खायामको साँझमा भारतमा बिजुलीको बढी माग हुन्छ । अध्ययनले बर्खाको तुलनामा हिउँदमा भने बिजुली निर्यात घट्ने देखाएको छ । अहिले नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ । सन् २०२५ पछि नेपालले निर्यात सुरु गर्न सक्ने अध्ययनले देखाएको छ । आजको नयाँ पत्रिकामा खबर छ– अमेरिकी सहयोग नियोग (युएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी÷इआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च एन्ड एक्सन फर डेभलपमेन्ट (इराडे)ले यो अध्ययन गरेको हो । अध्ययनका अनुसार सन् २०४५ सम्ममा नेपालबाट भारतमा बिजुली निर्यात दोब्बर हुनेछ । भारतमा बिजुली बिक्री गरी नेपालले सन् २०३० मा ३ खर्ब १० अर्ब रुपैयाँ कमाउनेछ । सन् २०४५ मा यो कमाइ बढेर १० खर्ब ६९ अर्ब रुपैयाँ पुग्ने अध्ययनले देखाएको छ । यो कमाइ नेपालको कुल गार्हस्थ उत्पादनको ५–६ प्रतिशत हुनेछ । सन् २०३०–२०४५ मा बिजुलीको सीमान्त प्रतियुनिट मूल्य ४ रुपैयाँ ७९ पैसादेखि ९ रुपैयाँ ३१ पैसासम्म हुने अनुमान गरिएको छ । नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । अध्ययनमा दुई मुलुकबीचको अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना र त्यसले व्यापारमा पार्ने असरबारे विश्लेषण गरिएको छ । नेपाल र भारतबीचको बढ्दो ऊर्जा व्यापारले गर्दा सन् ०४५ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन १ सय ३१ खर्ब रुपैयाँ पुग्ने इराडेका सभापति डा। किरित पारिखले बताए । यो हालको जिडिपीभन्दा ६ गुना बढी हो । दुई मुलुकबीचको बिजुलीको व्यापारले नेपालको प्रतिव्यक्ति विद्युत् खपतमा पनि वृद्धि हुने उनले बताए । नेपालको प्रतिव्यक्ति विद्युत् खपत सन् २०१२ मा १ सय ३९ युनिट रहेकोमा र ०४५ मा १ हजार ५ सय युनिट प्रतिवर्ष पुग्ने अनुमान गरिएको छ । यसरी विद्युत्को प्रतिव्यक्ति खपत बढ्नेबित्तिकै मानिसको जीवनस्तरमा पनि सुधार आउने र यसले मानव विकास सूचकांकमा पनि सकारात्मक असर पर्दछ । एसिया विश्वमा तीव्र गतिमा आर्थिक उन्नति गरिरहेको क्षेत्र भए पनि यहाँ विश्वासिलो ऊर्जा पूर्वाधारको कमी रहेको अमेरिकी निमित्त राजदूत माइकल गोन्जालेसले बताए । भारतले कोइलाबाट उत्पादन हुने विद्युत्को सट्टा नेपालबाट निर्यात हुने जलविद्युत् प्रयोग गरी आफ्नो कार्बन उत्सर्जनमा कमी गर्न सक्ने उनको धारणा थियो । भारत दक्षिण एसियामा अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रतिबद्ध रहेको भारतीय दूतावासका द्वितीय सचिव माला नरेन्द्रले बताइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: