Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विप्लव माओवादीको निश्कर्ष : नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी

\"\"काठमाडौं, ३ माघ । शान्ति प्रक्रियापछि नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी हुदै गएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले निष्कर्ष निकालेको छ । आजको नयाँ पत्रिकामा खबर छ– पार्टी पंक्तिभित्र आन्तरिक रूपमा अध्ययनका लागि वितरित विप्लवको गोप्य दस्ताबेजमा भारत अहिले सत्ता र विद्रोह दुवैमा अनौठो चालका रूपमा देखा परेको उल्लेख छ । सरकार गिराउने/बनाउने कामको नेतृत्वदायी भूमिकादेखि सरकारलाई अप्ठ्यारो पार्ने संघर्षसमेतमा भारतकै मुख्य हात देखिएको विप्लवले आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन् । विप्लवको गोप्य दस्ताबेजमा भनिएको छ, ‘विगतमा प्रचण्डको सरकार ढाल्नेदेखि हालै केपी ओलीको सरकार गिराउनेमा भारतको नै मुख्य हात रहेको छ । स्थिति कस्तो छ भने संघर्षमा उत्रिरहेका कैयौँ क्षेत्रीय पार्टीहरूलाई समेत भारतले नै बोकेर हिँडिरहेको छ । सत्तामा पनि आफैं, विद्रोहमा पनि आफैँको अनौठो चाल भारतले चालिरहेको छ ।’ एकीकृत जनक्रान्तिको कार्यदिशा ८ मंसिर २०७१ मा मोहन वैद्य (किरण)को पार्टीसँग सम्बन्ध विच्छेद गरी आफ्नै नेतृत्वमा पार्टी गठन गरेका विप्लवले एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा क्रान्ति अगाडि बढाउनुपर्ने कार्यदिशा अगाडि सार्दै आएका छन् । नेपालको क्रान्ति सफल हुन नसक्नुमा नेतृत्वको विचलन र वस्तुगत परिस्थितिमा आएको परिवर्तन र विकास मूल कारण रहेको बताउँदै विप्लव माओवादीले विगतको निरन्तरता, क्रान्तिबाट भागेर भौँतारिएकाहरूबाट अबको क्रान्ति सम्भव नहुने उल्लेख गरेका छन् । उनले नेपालमा नयाँ ढंगको क्रान्तिका लागि केही मौलिकता, केही नयाँको विकास र केही क्रान्तिकारी साहसबाट मात्र सम्भव हुने र त्यसैको प्रयोग आफ्नो पार्टीले गरिरहेकोमा जोड दिएका छन् । उनले नगर–समाजको विकास, नयाँ श्रमिक वर्गको विकास, विज्ञान र प्रविधिको विकास, मिश्रित बसोबास, देशभक्त शक्तिको उपस्थिति, भूूपरिवेष्टित देश र दलाल पुँजीवादी चरित्रलाई संश्लेषण गरेर कार्यदिशा अगाडि बढ्ने उल्लेख गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: