Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गाउँपालिकामा अब कार्यकारी अधिकृत

\"\"काठमाडौं, १ माघ । सरकारले नयाँ घोषणा हुने देशभरका ७ सय १९ गाउँपालिकामा सचिवको दरबन्दी खारेज गरी कार्यकारी अधिकृत पठाउने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– कम्तीमा तीन गाविस गाभिएर गाउँपालिका बन्ने भएकाले देशभरका गाउँपालिकामा यसअघि नगरपालिकामा जस्तै कार्यकारी अधिकृत पठाउने तयारी सरकारले गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको प्रस्तावमा गाउँपालिकामा निजामती सेवाको कम्तीमा शाखा अधिकृत र बढीमा उपसचिवस्तरको कर्मचारी कार्यकारी अधिकृत भएर जाने भएका छन् । ‘स्थानीय तह निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले सरकारले त्यसलाई लागू गरेलगत्तै कर्मचारी पठाउनुपर्ने भएकाले सबै गाउँपालिकामा कार्यकारी अधिकृत पठाउने गरी प्रस्ताव तयार भएको छु, मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अन्नपूर्णसँग भने, ‘मन्त्रिपरिषद्ले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन स्वीकृत गर्दा कर्मचारी व्यवस्थापनको प्रस्ताव पनि स्वीकृत गरी लागू हुनेछ ।\' यसअघि खरिदार वा नायबसुब्बा तहका सचिव गाविसको प्रमुख हुँदै आएका थिए । कम्तीमा तीनदेखि बढीमा ६ वटासम्म गाविस गाभिएर गाउँपालिका बनेकाले सरकारले तत्कालका लागि कम्तीमा शाखा अधिकृत तहको कार्यकारी प्रमुख पठाउने गरी प्रस्ताव तयार गरेको हो । गाभिएका गाविसका सबै सचिवको दरबन्दी सोही गाउँपालिकाको वडामा हुने पनि प्रस्तावमा उल्लेख गरिएको छ । सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पारित गरेर राजपत्रमा प्रकाशित गरेलगत्तै वर्तमान स्थानीय संरचना खारेज हुने भएकाले तत्कालका लागि कार्यालय सञ्चालनका लागि कर्मचारी व्यवस्थापनको नयाँ प्रस्ताव अघि बढाएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: